कोरोना संक्रमण भई उपचाररत बिरामीले सम्पूर्ण खर्च स्वयमले बेहोर्नुपर्ने: सिभिल अस्पताल

  • सोमबार, ३ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । विश्वभर कोरोना महामारी रहेको छ । कोरोना संक्रमणका कारण कतिले अकालमा ज्यान गुमाइरहेका छन् भने कतिले उपचार समेत पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्ने प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्त प्रा डा जागेश्वर गौतमले हिजो आइतबार जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विपन्न तथा असहाय, कोरोना संक्रमितको उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी तथा सरसफाइकर्मीको मात्र निशुल्क उपचार गर्ने बताएका थिए । साथै अन्य कोरोना संक्रमितको कोरोना परीक्षण गरेको र उपचार गरेको खर्च आफै जोहो गर्नुपर्ने उनको ठम्याई रहेको थियो । 

 

महामारीकाबीच सरकारले आम नागरिकलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने अवस्थमा पछिल्लोपटक गरिएको यो निर्णयले भने धेरैलाई निराश बनाएको छ ।  सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिने काम गरेको समेत केही विश्लेषकहको ठम्याई रहेको छ । 

 

उक्त निर्णय भएसँगै केही अस्पतालले रकम जम्मा गर्न र अबदेखि उपचार हुने संक्रमितले खर्च तिर्नुपर्ने सुचना समेत जारी गरेका छन् । काठमाडौँको सिभिल अस्पतालले कोरोना भाइरस संक्रमितहरुको उपचार निशुल्क रुपमा गर्न नसकिने भन्दै सुचना नै प्रकाशित गरेको हो । 

 

‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बिरामीहरुले मिति २०७७ कार्तिक २ गतेबाट लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयमले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’ अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्याहोरा जानकारी गराइन्छ ।’


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 5 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 6 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 6 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।