प्रधानन्यायाधीश जबराकाे 'बाेल्ड' निर्णय : जाेशीलाई अब पेशी नताेकिने

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई आजको मुद्दामा पेशी तोकेनन् ।
अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले आजदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेशी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उनलाई पेशी नतोक्ने राणाको योजना छ ।
‘यदि हाम्रा कारण (हामीले छाड्दा) अदालतको जनआस्थामा वृद्धि हुन्छ भने हामी बाटो लाग्नुपर्छ, बाटो लाग्न हामी तयार हुनुपर्छ, न्यायालयलाई बारम्बार विवादमा ल्याउने काम गर्नुहुँदैन’, राणाले भने, ‘अदालतलाई अझै विवादमा ल्याउनु हुँदैन भनेर उहाँलाई मुद्दाको पेशी नतोकिएको हो, भविष्यमा पनि तोकिने छैन ।’
प्रधानन्यायाधीश राणाले जोशीले अदालतलाई निकास दिनुहुनेछ भन्ने विश्वास लिएको बताए । ‘यदि कोही न्यायाधीशका कारण अदालत विवादमा आउँछ भने उसले निकास दिनुपर्छ’, उनले स्पष्ट पारे ।
राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजको मुद्दाको पेशी तोक्ने काम गरे । सर्वोच्च अदालतमा मुद्दाको पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई छ ।
सोही पेशी तोक्ने क्रममा उनले आजदेखि नै जोशीलाई मुद्दामा पेशी तोकेनन् । जोशी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाले पदबहाली गर्ने क्रममा आएका थिए तर पेशी नतोकिएपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएनन् ।
पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानन्यायाधीश राणाले आफैँले संसदीय सुनुवाइका क्रममा न्यायलयको छवि उच्च पार्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै भने, ‘सार्वभौमसम्पन्न संसदीय सुुनुवाइ समितिको निर्णयलाई मान्नुपर्छ, त्यो निर्णयलाई सम्मान गर्छु भनेर प्रतिबद्धता गरेको छु ।’
उनले संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अयोग्य ठहर गरेको न्यायाधीशलाई सर्वोच्च अदालतमा राखेर झन् विवादित पार्न नहुने हुँदा आफूले सो निर्णय लिनुपरेको उल्लेख गरे ।
जोशी आफ्नो स्कूल कलेजको सहपाठी भएको स्मरण गराउँदै उनले जोडे, ‘प्रधानन्यायाधीशको पदबाट साथी भाइको नाताले हेर्न मिल्दैन, वरिष्ठ न्यायाधीशको हिसाबले अदालतलाई बन्धक बनाउनु हुँदैन, निकास दिनुपर्छ भन्ने हिसाबले मैले गम्भीर निर्णय लिएँ ।’
उनले न्यायालयको छविलाई माथि उठाउनका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानन्यायाधीश राणाले आगामी दिनमा न्यायालयलाई विवादरहित तरिकाले आगाडि बढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
‘अदालतका सम्पूर्ण न्यायाधीश एउटा परिवार हो, हामी कोहीबाट पनि विवादित हुने खालका काम हुनु हुँदैन, हिजोका दिनमा भएका विवादका भ्रमलाई पनि चिर्ने गरी काम गर्नुपर्छ’, उनले भने ।
न्यायालयमा संविधानको रक्षा र व्याख्या गर्ने मूल काम भएको हुँदा नागरिकको न्यायमा सहज पहुँच पु¥याउने तरिकाले काम गर्ने कार्ययोजनासमेत उनले सुनाए ।
न्यायाधीशलाई मर्यादित बनाउनका लागि बनाइएको आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने र बालक, वृद्धा, अपाङ्गता भएका व्यक्तिका लागि विशेष प्राथमिकता दिएर मुद्दा हेरिने उनले बताए ।
मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भएको थियो । उनले आजै शपथ लिएर पदभार ग्रहण गरेका हुन् । उनको कार्यकाल चार वर्षको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
- 3 hours ago

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
- 4 hours ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।
ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री
- 4 hours ago

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रमम
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।