स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गरेका हुन्।
कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो। सो अवसरमा बोल्दै सचिव डा पोखरेलले क्यान्सर रोगको उपचारमा नेपाल सरकारले प्रभावकारी रुपमा सेवा दिन नसकेको समयमा इन्स्टिच्यूट स्थापना हुनुले उपचारमा देखिएका समस्या समाधानका लागि सहयोग पुग्ने बताए।
उनले भने, “नेपाल सरकारको कार्यक्रम लागू भएको यस इन्स्टिच्यूटमा विपन्न नागरिकले समेत सेवा पाउनेछन्।” सरकारका कार्यक्रम लागू गर्दै रोग निवारणमा महत्वपूर्ण भूमिका खेल्नसमेत चितवन मेडिकल कलेज सफल भएको उनको भनाइ थियो। क्यान्सर रोगको उपचारका लागि बिरामी बाहिर जानु नपर्ने गरी सेवा दिनसमेत उनले आग्रह गरे।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाका रुपमा इन्स्टिच्यूट सञ्चालनमा ल्याएको हो। अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र पोखरेलले रेडियसनसँगै ब्राकिथेरापी, स्पेक्ट सिटी स्क्यानलगायत क्यान्सर उपचारमा आवश्यक अत्याधुनिक उपकरण जडान गरिएको बताए।
उनले क्यान्सर रोग उपचारका लागि महिनौँ पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा समेत समस्या खडा गर्नसक्ने भएकाले क्यान्सर पहिचान हुने वित्तिकै उपचार सुुरु गर्ने बताए। एक सय शय्याको सो इन्स्टिच्यूट ६ तले रहेको छ। अस्पालत परिसरमा रहेको सो इन्स्टिच्यूटमा भारत, अमेरिका, चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सकहरुले उपचार गर्नेछन्।
यस कलेजले सरकारले तोकेका आठवटा विपन्नका कार्यक्रम चलाउने गरेको, मन्त्रालयको मापदण्ड पूरा गरी क्यान्सर इन्स्टिच्यूट निर्माण गरेको न्यौपानेले बताए। उनका अनुसार अस्पतालमा नेपाल ‘ए’ वर्गको प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ।
उच्चस्तरीय प्रविधिको जडान गरी इन्स्टिच्यूट सञ्चालनमा ल्याइएको हो। उनले भने, “उपचार नपाएर विदेश जानुपर्ने क्यान्सरका बिरामीको समस्या अब समाधान हुनेछ।” उनले सरकारले पेटस्क्यान मेसिन खरिद गर्नुपर्ने र सरकारले नगरे सोको जिम्मा निजी क्षेत्रलाई दिनसमेत आग्रह गरे।
कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञावली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चिकित्सा शिक्षा आयोगकी निर्देशक डा आरती शाह, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनाल, वीर अस्पतालका डा कञ्चन अधिकारी, भारतको राजीवगान्धी क्यान्सर रिसर्च सेन्टरका निर्देशक डा सुदिर रावलले क्यान्सर रोगको उपचारमा परिवर्तन आएको बताउँदै निजी क्षेत्रबाट क्यान्सर अस्पताल बन्नु ठूलो उपलब्धि भएको बताए।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल, चितवन मेडिकल कलेजका अस्पताल निर्देशक डा दयाराम लम्साल, इन्स्टिच्यूटका प्रमुख डा सुवास ठाकुर लगायतले बोलेका थिए। इन्स्टिच्यूटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सञ्चालनमा आएका छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला
- 22 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु
- 58 minutes ago

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव
- 1 hour ago

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।