कोलम्बियामा पहिरोमा परी ८ बालबालिकासहित ३४ जनाको मृत्यु

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । दक्षिण अमेरिकी देश कोलम्बियामा सोमबार ठूलो दुर्घटना भएको छ । यहाँको रिसाल्दा प्रदेशमा पहिरो खसेर बसमाथि पर्दा ३४ जनाले ज्यान गुमाएका छन् । 

 

राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन इकाई (युएनजीआरडी)का अनुसार मृत्यु हुनेमा आठ बालबालिका रहेका छन् । धेरै मानिस अझै पनि भग्नावशेषमुनि दबिएको बताइएको छ । प्राप्त समाचार अनुसार उद्धार कार्य जारी छ ।

 

भारी वर्षापछि रिसाल्दा प्रान्तमा पहिरो खसेको एक अधिकारीले बताए । बससँगै अन्य केही सवारीसाधन पनि भग्नावशेषमा पुरिएका छन् । 

 

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भने– ‘सरकार यस दुःखद घडीमा पीडित परिवारको साथमा छ । अहिले ९ जनाको उद्धार गरिएको उद्धार टोलीका अधिकारीले बताएका छन् । जसमा एक ७ वर्षीया बालिकालाई भग्नावशेषबाट जिउँदै निकालिएको थियो । दुर्घटनामा उनकी आमाको मृत्यु भएको छ ।’ 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 19 seconds ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

  • 10 minutes ago
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

  • 24 minutes ago
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।