कम्बोडियामा चीनको आर्थिक “उपनिवेश” छैन – प्रधानमन्त्री हुन सेन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

नोमपेन्ह । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रबार शिलान्यास गरेका छन् । उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए । 

 

आगामी सन् २०२३ सम्ममा पूरा भइसक्ने करिब २०० किलोमिटरको उक्त राजमार्गले राजधानी नोमपेन्हदेखि सिहानुकभिललाई जोड्नेछ । पछिल्ला वर्षहरुमा सिहानुकभिल चिनियाँ लगानीकर्ताका लागि आकर्षक स्थल मानिन्छ । 

 

चिनियाँ बेल्ट एन्ड रोड परियोजनाकै एक अंशका रुपमा रहेको यो राजमार्ग चिनियाँ एक कम्पनीले निर्माण गर्दैछ । 

 

राजमार्ग शिलान्यासका अवसरमा बोल्दै प्रधानमन्त्री हुन सेनले भने, “आजको परिवर्तित विश्वमा कुनै पनि मुलुक उपनिवेश हुने सम्भावना छैन, र कम्बोडिया पनि चीनको उपनिवेश होला भन्ने कल्पना पनि गर्न सकिन्न ।” 

 

कार्यक्रममा सहभागी चीनका उप विदेश मन्त्री कोङ छुवानयूले पनि कम्बोडियामाथि चीनको प्रभूत्व रहेको कुरा अस्वीकार गरे । “केही कुत्सित विचारका समूहले सेतोलाई कालो बनाउन चाहेका छन्, र चीनको लगानीलाई पासोका रुपमा व्याख्या गर्ने प्रयत्न मात्र गरिरहेका छन् ।” 

 

उनले भने, “यथार्थमा चिनिया लगानी कुनै गलपासो होइन, यो कुनै खतरा पनि होइन, बरु कम्बोडियाको विकासका लागि एउटा सानो सहयोग हो ।” 

 

बेइजिङ सरकारले कम्बोडिया सरकारलाई अनुदान र ऋण प्रदान गरिरहेको छ । प्रधानमन्त्री हुन सेनले चीनबाट प्राप्त सर्तरहीत आर्थिक अनुदान तथा ऋणलाई खुलेआम प्रशंसा गरेका छन् । उनले अमेरिकी र युरोपेली युनियनबाट प्राप्त हुने सहयोगमा अनेक सर्तहरु हुने भन्दै आलोचना गरे । 

 

कम्बोडियाको सबैभन्दा ठूलो लगानीकर्ता चीनले अर्बौं युआन लगानी गरेको छ । प्रधानमन्त्री हुन सेनले कम्बोडियामा एउटा नौसैनिक अखडा बनाउन लागेको हल्ला सत्य नभएको पनि बताए । विवादित दक्षिण चीन सागरसम्म युद्धपोतहरु परिचालन गर्न कम्बोडियाको मार्ग सहज हुने बताइन्छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 44 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 52 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।