Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालजोर्डन जान लागेका १५ जनालाई अध्यागमन कार्यालयले फर्कायो

जोर्डन जान लागेका १५ जनालाई अध्यागमन कार्यालयले फर्कायो


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जोर्ड जान लागेका १५ जनालाई फर्काएको छ। जोर्डन जान लागेका १३ महिला र २ पुरुषसहित १५ जना नेपाली कामदारलाई विमानस्थलबाटै अध्यागमन कार्यालयले फर्काएको हो।

अध्यागमनले उनीहरूको साथबाट भिसा फेला नपारेकाले फिर्ता पठाउनु परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए।

उनीहरु आइतबार बिहान बिनाभिसा जोर्डन जान लागेकाले उनीहरूलाई अध्यागमनले विमानस्थलबाट फर्काएको हो। एयर अरेबियाको जहाजबाट उनीहरू बिहान साढे १० बजे जोर्डनतर्फ जान लागेका थिए।

भिसा नभए पनि उनीहरुसँग श्रम स्वीकृति भने थियो। त्यस्तै, जोर्डनको आन्तरिक मन्त्रालयले लेखेको पत्र पनि उनीहरुसँग थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

झापामा बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार ३ युवकको मृत्यु

काठमाडौँ । झापामा बुधबार बिहान बोलेरो र मोटरसाईकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। बिहान साढे पाँच बजे पूर्वपश्चिम

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच

महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौँ । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् । अमिर

कतारका अमिरको स्वागतमा सडकमै सांस्कृतिक प्रस्तुति

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडकमा राष्ट्रिय पोशाकसहित सांस्कृति प्रस्तुति भएको छ

Techie IT