कम्प्युटर देख्न नपाउँदै कम्प्युटर विषयको परीक्षा दिन बाध्य

सल्यान । कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुई पटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । ‘खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन,’ मीनराजले भने, ‘कम्प्युटर नदेखे पनि पास हुनलाई परीक्षा त दिनैपर्‍यो नि !’

 

उनले कक्षा ६ र ७ को वार्षिक परीक्षामा कम्प्युटर विषयको परीक्षा दिएका हुन् । अझ त्रैमासिक र अर्धवार्षिक परीक्षा त कक्षा ८ मा पनि दिइसके । तीन वर्षदेखि कम्प्युटर विषय पढ्दै पनि आएका छन् । ‘एक सय पूर्णांकको छ, नपढी भयो त ? ,’ उनले प्रश्न गरे । 

 

उनी मात्रै होइनन्, बिर्केनेटी आधारभूत विद्यालयका कक्षा ६ देखि ८ सम्मका सबै विद्यार्थी कम्प्युटर नदेखेरै कम्प्युटर विषय पढ्छन् । त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षा दिन्छन् र पास पनि हुन्छन् । 

 

शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन् । यस्तो उस्तो हुन्छ भनेर पढाउँछन् । कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन् । किनकि, यो विद्यालयमा कम्प्युटर नै छैन । कम्प्युटर नभएकाले समस्या भएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर बुढाथोकीले बताए । ‘०७० देखि यसरी नै पढाइरहेका छौँ,’ प्रधानाध्यापक बुढाथोकीले भने । 

 

यो समाचार पुरूषोत्तम गिरीले नयाँ पत्रिकामा लेखेका छन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कृषि क्षेत्रको पुनरुत्थानको लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण सहयोग गर्ने

  • 5 minutes ago
कृषि क्षेत्रको पुनरुत्थानको लागि विश्व बैंकले ९ अर्ब ४४ करोड ऋण सहयोग गर्ने

काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले रु नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ । कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

  • 10 minutes ago
विष्फोटक पदार्थसहित विप्लव समूहका दुई नेता पक्राउ

विराटनगर । विष्फोटक पदार्थसहित नेत्रविक्रम चन्द विप्लव समूह नेकपाका नेता पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा मोरङको मिक्लाजुंग गाँउपालिकामा स्थानीयसंग चन्दा असुल गर्दै गर्दा दुई जनालाई प्रहरीले

कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

  • 1 hour ago
कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । कात्तिक २१ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।