सरकारको विरोध गर्दै प्रतिपक्षी कांग्रेस सडकमा

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

दाङ । सरकारको काम जनविरोधी भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सडक आन्दोलन सुरु गरेको छ । सरकार अधिनायकवाद उन्मुख भएको भन्दै काँग्रेस सरकारको विरोध गर्दै सडकमा उत्रिएको हो ।

 

दाङसहित ७७ वटै जिल्ला सदरमुकममा नेपाली कांग्रेसले आज विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेको छ । नेपाली कांग्रेस दाङले पार्टी कार्यालयबाट निकालीएको ¥याली तुलसीपुर चोकमा पुगेर कोणसभा परिणत भएको थियो ।

 

मूल्य वृद्धी फिर्ता गर, संविधान विरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अधिनायवादी चरित्र बन्द गर, अवैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका छन् ।

 

जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध¥यालीले बजारको परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभा गर्दै सरकारलाई खबरदारी गरेको छ । नेपाली कांग्रेसका नेता, पूर्वसांसद तथा जिल्लास्तरका नेताहरुले सरकार स्वच्छाचारी ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

 

साथै नेपाली कांग्रेसले डा. गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यान्वयन गर्न दवाव, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागबण्डा, मुल्यवृद्धि नियन्त्रणलगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दवाव दिन भन्दै कांग्रेसले बिरोध गरेको जनाएको छ ।

 

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सांसद डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, पूर्वसांसद राजु खनाल, योगेन्द्र चौधरी, सुशीला चौधरी, बुद्धिराम भण्डारी, युवा नेता कमलकिशोर घिमिरेलगायतले बोलेका थिए ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।