कब्जियतका कारण र केही घरेलु समाधान

Global IME
Norvic Hospital

काठमाडौं  । कब्जियतको समस्या धेरै व्यक्तिले भोगिरहेका हुन्छन् । त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ ।

 

पाचन प्रणालीमा आउने समस्या नै कब्जियत हो । कब्जियतकै कारणले विभिन्न रोग निम्त्याउने पनि सक्छ । तर खानपान र जीवनशैलीमा ध्यान दिने हो भने कब्जियतको समस्याबाट टाढै रहन सकिन्छ ।

 

कब्जियत हुने कारण 

 

– शरीरमा पानीको मात्रा कम हुँदा कब्जियत हुन्छ । स्वस्थ व्यक्तिको दिसामा लगभग ७५ प्रतिशत पानी हुन्छ । एकपटकमा लगभग दुईसय मिलिलिटर पानी दिसासँगै जान्छ । तर शरीरमा पानी नै कम भए कब्जियत हुन्छ ।

 

– आन्द्रमा अत्याधिक पानी सोसिँदा पनि कब्जियत हुन्छ । यस्तै आन्द्राको चल्ने गति नै कम हुँदा पनि कब्जियतको समस्या हुन्छ ।

 

– खाना खाने समय बेमेल हुँदा पनि कब्जियत हुनसक्छ । हरेक दिन एकै समयमा मिलाएर खानु राम्रो हुन्छ ।

 

– नियमित व्यायाम नगर्ने व्यक्तिमा पनि कब्जियतको समस्या हुन्छ । मानसिक रुपमा तनाव र चिन्ता लिने व्यक्ति पनि कब्जियतको सिकार बनेको पाइन्छ । 

 

– तनावले पाचक्रियामा असर पुर्याएर कब्जियत गराउँछ ।

 

– कतिपय व्यक्तिले दिसा लाग्दा पनि ट्वाइलेट नजाने तथा दिसा गर्ने नियमति बानी नबसेका हुन्छन् । दिसा निष्काशन हुने इच्छालाइ दबाउँदा पनि कब्जियत हुन्छ । 

 

– आन्द्रा तथा मलद्धारमा समस्या भए पनि कब्जियत हुनसक्छ ।

 

–  नसासम्बन्धि विभिन्न समस्या जस्तै पक्षघात प्यारालाइसिस, मष्तिष्कघात भएका तथा धेरै औषधि सेवन गर्नेलाइ पनि कब्जियत हुन्छ ।

 

समाधान

 

– खानपान र जीवनशैली व्यवस्थित बनाए कब्जियतको समस्या आउनै सक्दैन भने समस्याको समाधान गर्न पनि सकिन्छ । नियमति व्यायाम गर्नु पहिलो जिम्मेवारी हुनेछ ।

 

– व्यायामले आन्द्राको गतिविधि बढाउने र मांसपेशी क्रियाशिल राख्ने काम गर्छ। विभिन्न खालका योग पनि कब्जियतका रोगीलाइ उपयोगी हुन्छन् । 

 

– विहान खाली पेटमा घिउकुमारीको पातको गुदी २० ग्राम सेवन गर्नाले पनि कब्जियतमा फाइदा गर्छ ।

 

– प्रत्येक दिन फाइबरयुक्त खाना २०–३५ ग्राम सेवन गरेमा दिसालाइ नरम बाउन मद्धत गर्छ । चोक्कर, आटा, ब्राउन राइस, जौ, गेडागुडी अन्न, छोकडा, किसमिस, ओखर, बदामजस्ता फल सबै किसिमका फलफूल तथा हरियो तरकारी र सागपातमा फाइबरको मात्रा बढी हुन्छ ।

 

– कब्जियतको समस्या भोग्नेहरुले पानी प्रशस्त पिउनुपर्छ । विहान उठ्नेवित्तकै पानी पिउनाले ग्यास्ट्रोकोलिक रिफ लेक्स उत्तेजित गर्छ । दिनमा ६–८ गिलास पानी पिउनु पर्छ । मध्यपान र ध्रुमपानबाट टाढा रहनुपर्छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'

  • 9 minutes ago
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।

धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

  • 39 minutes ago
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु

  • 42 minutes ago
चकलेट कारखानामा विष्फोट, दुई जनाको मृत्यु

एजेन्सी । पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।

विचित्र विश्व

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए  यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।