संविधानको मर्म यही होला !

Norvic Hospital

०४६ सालको परिवर्तन केवल राष्ट्रभित्र मात्रकै शक्तिको भरमा भएको थिएन । नेपाललाई कसरी राजनीतिक रुपमा कमजोर पार्न सकिन्छ भनेर लागेका वाह्य शक्तिहरुले नेपालका राजनीतिक दलका केही नेताहरुलाई गोटी बनाएर गरिएको प्रयोग थियो । त्यसबेला विजारोपण भएको प्रयोगले सार्थकता पाउँदै गएपछि अहिलेको अवस्था आएको बुझ्न सकिन्छ । प्रजातन्त्रवादी, उदार मनोभावका राजा विरेन्द्रको वंशनासको यथार्थता अहिलेसम्म बाहिर नआउनु र ल्याउँने आँट कतैबाट नहुनु संयोग मात्र पटक्कै होइन ।    

 

०२८ सालदेखि राजा विरेन्द्रको शासनकालको सुरूवातबाट नै एउटा परिक्षण कालको रूपमा लिन सकिन्छ । किनभने राजा विरेन्द्रले प्रजातान्त्रिक मुलुकहरूको शासनकालको गहिरो अध्ययन गरेको र पढाई पनि प्रजातान्त्रिक मुलुकमा नै भएकाले देशमा पनि राजा सबैका साझा बनाउने प्रयत्न स्वरूप विकास क्षेत्र, स्थानीय शासन प्रलाणी प्रभावकारी बनाउँन उहाँबाट पहल भयो । ०३६ सालमा जनमत संग्रहको घोषणाले उहाँको प्रजातन्त्रवादीतालाई अझ प्रष्ट्याउँछ । छिमेकी राष्ट्रहरूको प्रभावमा नेपालका शिर्ष नेताहरूको राजसंस्थाप्रति गलत नजर पहिल्यैदेखि पर्दै गएको देखिन्छ । ०४६ को परिवर्तनपछि २०४७ मा नयाँ संविधान बनेर मुलुकले स्थिरताको बाटो टेक्दै मात्र थियो, वाह्य शक्तिहरुलाई यो पटक्कै चित्त बुझेन । तिनै शक्तिहरुले तत्कालिन अवस्थामा स्थापित देखिएका राजनीतिक दलका नेताहरुलाई विभिन्न लोभ लालचमार्फत आफ्नो मुठ्ठीमा एकाकार पार्दै लगे र अर्कोतर्फ अराजक समुहमा लगानी गरेर उनीहरुलाई जंगलतिर पाल्न थाले । उनीहरुको एकमात्र चाहना थियो, नेपालमा आन्तरिक कलह मच्चाएर  राजसंस्थाप्रतिको मोह भंग गराउनु ।

 

नेपाली÷नेपालीहरुलाई आपसमा लडाएर स्थिती असहज भएकै मौकामा दरबार हत्याकाण्ड मच्चाएर त्यसमा पनि सफलता प्राप्त गरे । कठिन परिस्थितीमा राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेपछि राजसंस्थाप्रति वितृष्णा फैलाउन घुमाउरो तरिकाबाट हत्याको दोष राजा ज्ञानेन्द्रमाथि थोपर्दै जनमानससम्म त्यो हल्ला फैलाउन लगाइयो । तत्कालिन आतंककारी शक्तिलाई ठूलो लगानी गरेर १७ हजार नेपालीहरुको अनाहकमा ज्यान लिएपछि अन्ततः देशमा क्रियाशिल ठुला राजनीतिक दल र जंगलमा पठाइएको दललाई विदेशी भूमिमै १२ बुँदे सहमतिको नाटक गरेर नेपालमा अर्को परिवर्तनको दृश्य देखाउन उक्त शक्ति सफल भयो ।

 

त्यही शक्तिको आडमा परिवर्तनकारी भनाउने राजनीतिक दलहरुले अनाधिकृत तवरबाट रातारात राजसंस्था पाखा लगाएको घोषणा गरे । विश्वमा कमै प्रयोग भएको संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने भनेर सभासदहरुको जम्बो टोली निर्माण गरेर बल्ल बल्ल २ कार्यकालमा खरबौं खर्चेर संविधान प्राप्त भएको छ ।

 

नयाँ संविधान जारी भएको छोटो समयमा नै यसको कार्यान्वयन पक्ष फितलो देखिएको छ । आवश्यक परे संविधान शंसोधनको गणपुरक संख्या पु¥याउन सक्ने सामथ्र्य भएको सत्ताले नै संविधानलाई आफु अनुकुल व्याख्या÷प्रयोग गर्न थालेबाट सर्वसाधारणले परिवर्तनको अनुभूति गर्न अझैसम्म पाएका छैनन् । ‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने पुरानो नेपाली उखान अहिले पनि उत्तिकै सान्दर्भिक देएिको छ । 

 

समावेशी भनिएको संविधान अनुसार निर्माण भएका राज्य संरचनाहरु, संवैधानिक निकायहरुमा आफ्ना र आसेपासेहरुलाई घुमाउरो तरिकाबाट भर्तिकेन्द्र बनाउँदै लैजाने क्रम रोकिएको छैन । सर्वहारा वर्गको हितमा चर्को सैद्धान्तिक धरातल देखाएर सिर्जित भएको कम्युनिष्ट पार्टीको अत्यधिक बहुमतप्राप्त सरकार क्रियाशिल रहेकै बेला वेथितीहरुलाई अझ बढावा दिइएको छ ।

 

नेपालको संविधानले परिकल्पना गरेको राज्यको उच्च निकाय राष्ट्रियसभालाई मात्र हेरे पनि शासनको स्वरुप कस्तो हुँदै गइरहेको छ भन्ने जानकारी पर्याप्त हुन्छ । विविध विषयका विज्ञहरू र राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्तित्वहरू समेटेर निर्माण हुनुपर्ने राष्ट्रियसभालाई जनताबाट तिरस्कृत गरिएकाहरुलाई डम्पिङ गर्ने थलोको रुपमा स्थापित गर्न खोजिदैछ ।

 

पछिल्लो समयमा त विभिन्न तहमा चुनावमा पराजितहरूलाई नै खोजिखोजि राष्ट्रिय सभामा पु¥याइएको छ । हुँदा हुँदा अहिले त झन्, राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने कोटामै पनि प्रतिनिधिसभा निर्वाचन हारेका, जनताले तिरस्कार गरेका व्यक्तिलाई विराजमान गराउने काम भएको छ । यसअघि नै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय पालिकाहरूको निर्वाचनमा पराजय व्यहोरेका छ जना राष्ट्रिय सभामा माननीय बनिसकेका छन् । यसले हाम्रो राजनीतिक पद्धतिको विकास कुन कोणबाट हुँदैछ भन्ने सजिलै बुझ्न सकिन्छ । 

 

खरवौं खर्चेर २÷२ कार्यकालको संविधानसभाबाट जन्मिएको समाजवाद उन्मुख संविधानको परिकल्पना यही हो त ? यो परिस्थिती आउनुमा संविधानको दोष हो कि कार्यान्वयन पक्षको दोष हो ? संविधान दिवसको अवसरमा यसतर्फ पर्याप्त वहस गर्न जरुरी छ । गरिब, निमुखा, श्रमिकहरुलाई उकासेर गरिएको पटक पटकको आन्दोलनले सिथिल भएको मुलुकमा अब पनि आन्दोलनमै धकेल्ने अवस्था सिर्जना गरिनु हुन्न । पटक–पटकका परिवर्तनका नाममा देशले के पायो भन्दा पनि हामीले निरन्तर के गुमाउदैछौंं भन्नेतर्फ सोच्नुपर्ने समय भएको छ । 

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणले नेपालमा दिनानुदिन उच्च प्रभाव जमाउँदै लगेको छ । एकातिर वेथितिहरुलाई सच्याउँदै जानु छ भने अर्कोतिर कोरोनासँगै जिवनयापन गर्न सकिने वातावरण निर्माण गर्न दिर्घकालिन रोडम्याप तय गर्नुपर्ने समय छ । यि यावत विषयहरुका वावजुद भावी पुस्तालाई राष्ट्रियता, राष्ट्रिय अखण्डता जोगाएर शुन्दर, शान्त नेपाल हस्तान्तरण गर्न सकेनौं भने आउने पुस्ताले हामीलाई अवश्य सराप्नेछ । त्यसैले राष्ट्र राष्ट्रियता, संम्बर्धनवादको धरातलमा परम्परागत शक्ति, परिवर्तनकारी शक्ति सबै अटाउनसक्ने, रमाउन सक्ने वातावरण निर्माणमा लाग्नु नै अहिलेको समयको माग हो ।

 

–लेखक ट्रेड यूनियन महसंघ नेपाल (टुकोन) का अध्यक्ष हुनुहुन्छ 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मनी लड्रिङ केश: सोधपुछका लागि बारम्बार बोलाउँदा पनि गइनन् अभिनेत्री ज्याकलिन फर्नानडेज

  • 5 seconds ago
मनी लड्रिङ केश: सोधपुछका लागि बारम्बार बोलाउँदा पनि गइनन् अभिनेत्री ज्याकलिन फर्नानडेज

एजेन्सी । मनी लड्रिङ केशमा इडीले बारम्बार सोधपुछका लागि बोलाउँदा पनि अभिनेत्री ज्याकलिन फर्नानडेज अनुपस्थित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

माओवादी स्थायी कमिटी बैठक भोलि फेरि बस्ने

  • 1 minute ago
माओवादी स्थायी कमिटी बैठक भोलि फेरि बस्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आजको लागि सकिएको छ। सोमवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक भोलि बिहान ८ बजे फेरि बस्ने गरि सकिएको हो।

नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते, १० को अवस्था गम्भीर

  • 10 minutes ago
नुवाकोटमा बस दुर्घटना हुँदा ३० जना घाइते, १० को अवस्था गम्भीर

त्रिशुली । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।