धनी देशहरुले आवश्यकता भन्दा बढी अग्रिम बुकिङ गरे कोरोना भ्याक्सिनको डोज

एजेन्सी । कोरोना खोप आउनु अघि नै विश्वका सबै धनी देशहरूले यसलाई भण्डार गर्न शुरू गरेका छन्। अमेरिका र बेलायत जस्ता देशहरूले प्रति व्यक्ति  पाँचभन्दा बढी डोजपूर्व बकिंङ गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) उक्त कदमका कारण रुष्ट बनेको छ । 

 

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अदनम गाब्रेसका अनुसार खोप राष्ट्रवादले यस विश्वव्यापी महामारीलाई कम गर्ने छैन तर यसलाई अझ फैलाउने छ।

 

विश्वमा धनी देशहरुको जनसंख्या जम्मा १३ प्रतिशत रहेको छ । उनीहरुले नै ५० प्रतिशत खोप भण्डारणका लागि अग्रिम बुकिङ गरिसकेका छन् । 

 

भ्याक्सिनका लागि धनी देशहरुले देखाएको रवैयाका कारण गरिब देशहरुले ठुलो मुल्य चुकाउनु पर्ने डब्लुएचओले बताएको छ । 

 

बिजनेश टुडेको एक रिपोर्टअनुसार अमेरिकाले २४०० मिलियन डोज, युरोपियन संघले २०६५ मिलियन डोज, ब्रिटेनले ३८० मिलियन डोज, क्यानडाले ३३८ मिलियन डोज, इण्डोनेसियाले ३२८ मिलियन डोज, चीनले ३०० मिलियन डोज र जापाले २९० मिलियन डोज अग्रिम बुकिङ गरेर राखेका छन् ।

 

उता गरिब देशहरुलाई भने ३२०० मिलियन डोज आवश्यक पर्ने रिपोर्टमा उल्लेख छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार भ्याक्सिनको कालोबजारीका कारण अर्को ठुलो समस्या आइपर्नेछ । धनी देशका कारण गरिब देशमा महामारीले विकराल रुप लिनसक्ने र त्राहीत्राही अवस्था आउन सक्ने चेतावनी डब्लुएचओले दिएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मन्दिरमा विवाह गर्न लागेका आदित्यको विवाहमा कति जना आफन्तजनको हुनेछ उपस्थिति ?

  • 1 minute ago
मन्दिरमा विवाह गर्न लागेका आदित्यको विवाहमा कति जना आफन्तजनको हुनेछ उपस्थिति ?

एजेन्सी । आदित्य नारायण झा डिसेम्बर १ मा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुको भेट फिल्म सापितको सेटमा भएको थियो । दुवै यो डेब्यु फिल्म पनि रहेको थियो । १० वर्ष लामो अफेयर्सपछि उनीहरुल

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

  • 5 minutes ago
बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको

विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

  • 11 minutes ago
विराटनगरको एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ

विराटनगर । विराटनगरस्थित एक गेस्ट हाउसबाट ४ पुरुष र २ महिला पक्राउ परेका छन् । अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट ६ जनालाई पक



पर्यटन

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।