कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।

 

कोरोना संक्रमण नियन्त्रणका लागि विश्वभर वैज्ञानिकहरु कोरोना भ्याक्सिन बनाउन रातदिन लागि परेका छन् । मिडिया रिपोर्टका अनुसार विश्वभर १५४ वटा कोरोना भ्याक्सिनको विकास भइराखेको छ ।

 

यी भ्याक्सिनहरुको क्लिनिकल ट्रायल चलिराखेको छ । तीमध्ये ४४ वटा कोरोना भ्याक्सिनको ह्युमन ट्रायल चलिराखेको छ । आधिकारिक रुपमा मानिसमा भ्याक्सिन पुर्याउन दुई चरण पार गर्नुपर्ने हुन्छ ।

 

भ्याक्सिन विकास गर्ने रेसमा चीन अगाडि रहेको छ । यो देशका तीनवटा कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा रहेका छन् । सिनोवाक, सिनोफार्म (बुहान) र सिनोफार्म (बेइजिंग) रहेका छन् ।

 

यीमध्ये दुई भ्याक्सिन त प्राय कर्मचारीहरुलाई जुलाई देखिनै भ्याक्सिन दिन सुरु भइसकेको थियो । यी भ्याक्सिनहरुमा हालसम्म कुनै पनि साइड इफेक्ट देखिएको छैन ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 3 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न

कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

  • 8 minutes ago
कास्कीमा सुन्तला घट्यो, किसान चिन्तित

कास्की । कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो एक दशकयता सुस्ताएको छ ।

भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

  • 12 minutes ago
भुटानमा कति पुग्यो सक्रिय काेराेना संक्रमित संख्या ?

एजेन्सी । भुटानमा कुल कोरोना संक्रमितको संख्या ४१५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये २९ जना सक्रिय संक्रमित रहेका छन् ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।