मृत्यु हुनुभन्दा ठीक अगाडि एक महिलाले दिइन् छोरालाई जन्म, कोरोनाले लियो पुरै परिवारको ज्यान
- बिहीबार, १८ मंसिर, २०७७
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी ।भेन्टिलेटरमा उपचाररत एक कोरोनाबाट पीडित महिलाले छोरालाई जन्म दिइन्। तर, ती महिला छोरालाई जन्म दिएको केही समयपछि मृत्युवरण गरिन् । त्यस्तै ती महिलाको बुबा र आमा पनि कोरोनाले मृत्यु भएको थियो । कोरोनाका कारण उनको सम्पुर्ण परिवारको मृत्यु हुन पुग्यो ।
यो घटना रुसको सेन्ट पिटर्बर्गको हो । अब परिवारमा ती नवजात शिशुमात्र बाँकी रहेका छन् । पितालाई भेट्ने क्रममा ३६ वर्षिया गर्भवती महिला स्वेतलाना सोरोचिन्सकायालाई कोरोना संक्रमण भएको थियो ।
पाँच नोभेम्बरमा कोरोनाका कारण उनको पिताको मृत्यु भयो । केही दिन पछि एक अस्पतालमा उनमा समेत कोरोना संक्रमण पुष्टि भयो । उनलाई एक ठुलो संक्रामक अस्पतालमा भर्ना गरियो ।
अस्पतालमा भर्ना भएको ३ दिनपछि उनले छोरालाई जन्म दिइन् । उनले डेलिभरी डेट दिएको ६ हप्ता अगाडि नै छोरालाई जन्म दिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
तर, उनको मृत्यु हुन पुग्यो । सोही क्रममा उनकी आमालाई समेत कोरोना संक्रमण भयो ।
उपचारका क्रममा उनको समेत मृत्यु भयो । स्वेतलाना एक डिभोर्सी थिइन् । उपचारका क्रममा उनले आफ्नो पतिको नाम समेत बताएकी थिइनन् । हाल ती बालक अस्पतालको रेखदेखमा रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)
- 30 minutes ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।
खाली पेटमा खान नहुने यी चिजबारे जानौं
- 45 minutes ago

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिए
बेलायतले पनि नेपाललाई कोरोना भ्याक्सिन उपलब्ध गराउने
- 1 hour ago

काठमाडौं । नेपाललाई बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत कोराना विरुद्धको एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।
पर्यटन
४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।
जीवनशैली
खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।