कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता

प्रतिकात्मक तस्बिर

गोरखा । गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन श्यया  नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता  बनेको छ  ।  पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो । 

 

छ श्यया मात्र आइसोलेशन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।  “दुई श्ययामा महिला र चार श्ययामा पुरुष सङ्क्रमित  छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।” 

 

ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजनदिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ । 

 

दोस्रो चरणको  सङ्क्रमण शुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ सङक्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ ।  यसैगरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उनले जानकारी दिए । आजबिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर सङ्क्रमितको उपचार थालिएकोे उनको भनाइ छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन श्यया निर्माण गरिएको छैन । 

 

आइसोलेसन श्यया नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत  अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० श्ययाको आइसोलशन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिए । अस्पतालको ओपिडी कक्ष नजिकै नयाँभवन बन्दै गरेको छ ।  “भवननिर्माणको सबै काम त सम्पन्न भएको छैन”, उनले भने, “तत्कालकालागि एउटा ब्लगमा ३० श्ययासम्मको आइसोलेशन निर्माण गर्न सकिन्छ कि भनेर  पहलगरिरहेका छौ ।”जिल्ला अस्पताल भित्र आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० जना पुगेको स्वास्थ्य कार्यालका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

  • 1 minute ago
बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

बाजुरा । लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् ।

आपसी झगडामा साथीको हत्या

  • 41 minutes ago
आपसी झगडामा साथीको हत्या

झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ ।

बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

  • 1 hour ago
बजेटमा सुरुङमार्गः सर्वसाधारणमा तरङ्ग

बलेवा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।