आयल निगमका कर्मचारीको कोरोना बीमा

  • बिहीबार, १ जेष्ठ, २०७७
  • 5 months ago
  • अर्थ

काठमाडौँ । नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ । 

 

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारीसहित) लाई कोरोना संक्रमणको पुष्टि भएका कर्मचारीलाई बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय गरेको हो ।

 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमका सबै कार्यालयमा कार्यरत कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक तथा सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीसमेतको प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्नेलगायत छ बुँदे निर्णय भएको जानकारी दिए ।

 

त्यस्तै सरकारी तथा सहकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेताबाहेक अन्य बिक्रेतालाई बारअनुसार जिल्ला निर्धारण गरी हप्तामा एक पटक पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने, निगमको डिपो सञ्चालन कम्तीमा एक तिहाइ कर्मचारीमार्फत गर्ने र एक तिहाइ कर्मचारीलाई जगेडामा राख्ने निर्णय गरिएको छ । यसैगरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी चालक तथा सहचालकका साथै प्रत्येक ट्यांकरलाई मानव बस्तीभन्दा टाढा खुला स्थानमा राख्ने  र सबै कार्यालयमा कीटाणुनाशक टनेल तथा गेट बनाई प्रयोग गर्ने निर्णय भएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

  • 7 minutes ago
वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ । व्यवसायी वसन्त चौधरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । उनले आफु संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

  • 11 minutes ago
कोरोना महामारीकाबीच यस्तो छ आदित्यको विवाहको तयारी

एजेन्सी । लामो समयदेखि अभिनेत्री श्वेता अग्रवालसँग प्रेमसम्बन्धमा रहेका सिंगर आदित्य नारायण झा विवाह गर्ने तयारीमा रहेका छन् ।

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

  • 21 minutes ago
पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरु



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

पुक्क पेट लागेको छ ? यसरी सजिलै घटाउनुहोस्

एजेन्सी । यदि तपाईलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।