कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

  • आइतबार, २६ बैशाख, २०७८
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

मोरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ ।

 

सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया सङ्क्रमित महिलाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालको कोभिड सेन्टरमा उपचारका क्रममा आज मृत्यु भएको छ । मृतकलाई कोभिड पुष्टि भएपछि यही वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका इन्जार्च सुनिल देवले बताए ।

 

धरान उपमहमनगरपालिका –१७ बस्ने  ६६ वर्षीय सङ्क्रमित पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसैगरी विराटनगर–१ त्रिवेणी चोक बस्ने ७६ वर्षीय सङ्क्रमित पुरुषको उपचारमा सोही अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

 

यस्तै सिरहाको कल्याणपुर–४ का ३८ वर्षीया सङ्क्रमित महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । मृतकलाई यही वैशाख २५ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले बताए ।

 

मेची नगरपालिका–६ झापाका ६० वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा शनिबार राति मृत्यु भएको छ । निजलाई उपचारका लागि यही वैशाख २३ अस्पतालमा भर्ना गरिएको थियो ।

 

यस्तै मोरङको उर्लाबारी नगरपालिका–६ की ३९ वर्षीया सङ्क्रमित महिलाको उपचारका क्रममा सोही अस्पतालमा शनिबार राति मृत्यु भएको छ । सप्तरीको बोदेवरसाइन नगरपालिका–१० बस्ने ३२ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा सोही अस्पतालमा शनिबार बेलुकी मृत्यु भएको छ ।

 

मृतकलाई यही वैशाख २२ गते उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको प्रबन्धक दाहालले बताए । यस्तै धनुषाका ७७ वर्षीय वृद्धको उपचारका क्रममा शनिबार मृत्यु भएको  छ । निजलाई यही वैशाख १७ गते उपचारका लागि भर्ना गरिएको प्रबन्धक दाहालले जानकारी दिए ।

 

सोही अस्पतालमा सप्तरीका ५३ वर्षीय एक पुरुषको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएका छ । मृतकलाई यही वैशाख २४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बलिउड अभिनेत्रीहरुको सारी मोह

  • 5 minutes ago
बलिउड अभिनेत्रीहरुको सारी मोह

एजेन्सी । बलिउडमा पछिल्लो समय अभिनेत्रीहरुको सारी मोह देख्न सकिन्छ । निकै महँगा खालका सारीमा उनीहरु देखिने गरेका छन् ।

युरोकप २०२०ः पोग्वाले पनि आफ्नो अगाडि रहेको बियरको बोत्तल हटाएपछि

  • 19 minutes ago
युरोकप २०२०ः पोग्वाले पनि आफ्नो अगाडि रहेको बियरको बोत्तल हटाएपछि

एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकको बोत्तल हटार सबैलाई आश्चर्यचकित पारेका थिए । उक्त घटनाका कारण कोका कोलाको शेयर मुल्यमा एक्कासी भारी गिरावट आएको थियो ।

४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

  • 19 minutes ago
४० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

बैतडी । विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।