स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध

प्रतिकात्मक तस्बिर

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।  काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । 

 

अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले आज  सूचना जारी गरी स्पष्ट पारेको छ । प्रशासनले खुला स्थानमा भीडभाड, सभाजुलुस गर्नगराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न तथा धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरेको छ । 

 

यस्तै चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, ब्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ । 

 

व्यापारव्यवसायमा स्वास्थ्य मापदण्ड विपरीत मजदूरलाई ओसारपसारमा समेत रोक लगाइएको छ । दैैनिक क्रियाकलाप गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, नियमित साबुनपानीले हात धुन या सेनिटाइजरको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ । 

 

भौतिक दूरी कायम राखेर दैनिक गतिविधि सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । सो विषयमा दैनिक अनुगमन गरिने र कैफियत देखिए कानूनअनुसार कारवाही हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • 16 minutes ago
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग स

औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

  • 21 minutes ago
औचित्यका आधारमा संविधान संशोधनका लागि सरकार तयारः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन् ।

नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

  • 26 minutes ago
नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

चितवन । पहिरो हटाएसँगै नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन हुन थालेको छ । शुक्रबार बिहान गएको पहिरोको कारण अवरुद्ध भएको सडक पन्छाएसँगै दुईतर्फी रुपमै संचालन हुन थालेको चितवन ट्राफिक प्रहरी



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।