कर्मचारीमा कोरोना संक्रमणपछि भैरहवा डिपो पाँच दिन बन्द

काठमाडौँ । नेपाल आयल निगम ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि डिपो पाँच दिन बन्द गरिएको छ । डिपोमा कार्यरत तीन कर्मचारी, मातहतका पेट्रोल पम्पका तीन  र हवाई इन्धन डिपोका पाँच जना गरी आइतबार एघार जनामा कोरोना संक्रमित भेटिएपछि डिपो बन्द गरिएको हो । कर्मचारीमा संक्रमण देखिएपछि डिपो बन्द गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

 

उनका अनुसार सर्वसाधारणलाई सहज र सरल ढंगबाट पेट्रोलियम पदार्थ वितरण गर्न अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने तयारी गरिएको छ । डिपो बन्द अवधिभर भैरहवा क्षेत्रका डिलरका लागि आवश्यक पेट्रोलियम पदार्थ अमलेखगञ्ज डिपोबाट आवश्यकतानुसार उतैका ट्यांकरबाट ढुवानी गरी डिपोमा स्टक ट्रान्सफरको व्यवस्था मिलाइएको छ ।

 

“डिपोमा रिजर्भमा राखिएका कर्मचारीबाट बिक्रीवितरणको व्यवस्था मिलाउन प्रादेशिक कार्यालयमा खबर गरिसकेका छौँँ”, उनले भने, अबको सात दिनपछि पेट्रोल पम्प, हवाई इन्धन डिपो बन्द गरिनेछ ।”

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिंँगारियो मदन भण्डारीको जन्मघर

  • 3 minutes ago
सिंँगारियो मदन भण्डारीको जन्मघर

ताप्लेजुङ । बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मेका ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन् । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समित

राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

  • 13 minutes ago
राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनः निर्माण गरिएको रानीपोखरीको आज उद्घाटन भएको छ । विस २०७२ सालमा गएको भुकम्पपछि पुनःनिमार्ण गरिएको रानीपोखरीको राष्ट्रपति भण्डारीले उद्धाटन गरेकी हुन्

ऐतिहासिक रानीपोखरीको राष्ट्रपतिद्धारा उद्घाटन (फोटोफिचर)

  • 17 minutes ago
ऐतिहासिक रानीपोखरीको  राष्ट्रपतिद्धारा  उद्घाटन (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरेकी छिन । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्र



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।