कोरोनालाई खत्तम गर्नका लागि यो भ्याक्सिन सबैभन्दा बढी प्रभावकारी हुनसक्ने, यस्ता छन् पाँच कारणहरु

एजेन्सी । अमेरिकी कम्पनी मोडर्नाले सोमबार दाबी गर्दै भनेको छ कि उसको कोरोना भ्याक्सिन (एमआरएनए १२७३) ९४.५ प्रतिशत प्रभावकारी सावित भएको छ । योभन्दा पहिला अमेरिका कम्पनी फाइजरले भनेको थियो कि उसको कोरोना भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको छ । तर, कैयौँ रिपोर्टले मोडर्ना भ्याक्सिन तुलनात्मक रुपमा प्रभावकारी रहेको बताएका छन् । के के कारण यो भ्याक्सिन प्रभावकारी रहेको छ त्यसबारे यस्ता तर्कहरु पेश गरिएको छ । 

 

यो भ्याक्सिन नयाँ तरिकाले विकास गरिएको हो । एमआरएनए टेक्निकबाट यो मानिसको शरिरलाई भ्याक्सिन फ्याक्ट्री मा परिवर्तन गर्छ । यो भ्याक्सिन शरिरको सेल्सको भाइरस प्राठीन  बनाउनका लागि प्रेरित गर्छ । 

 

यो भ्याक्सिनलाई स्टोर गर्न समेत सहज रहेको बताइएको छ । पछिल्लो यसको अपडेट अनुसार क्लिनिकल परिक्षणका अन्तरिम डाटाहरुका आधारमा रहेर भनिएको छ कि ९४.५ प्रतिशत सफल रहेको छ । यो भ्याक्सिन ३० दिनसम्म सामान्य फ्रिजको तापमानमा राख्न सकिन्छ । त्यस्तै ६ महिनासम्म माइनस २० डिग्री तापमानमा यो स्टोर गरेर राख्न सकिन्छ । तर, फाइजरको भ्याक्सिन जम्मा पाँच दिनमात्रै सामान्य फ्रिजको तापमानमा राख्न सकिन्छ । लामो समयसम्म स्टोर गर्न अर्को ठाउँको आवश्यकता पर्ने बताइएको छ । यसका लागि माइनस ७० डिग्री तापमान आवश्यक पर्छ । 

 

क्लिनिकल परीक्षणका क्रममा यो भ्याक्सिन लगाउँदा संक्रमण भए पनि मानिस गम्भीर बिरामी नहुने बताइएको छ । 

 

यसै वर्ष मोडर्ना भ्याक्सिनले सप्लाई गर्ने सम्भावना रहेको समेत बताइएको छ । सन् २०२१ मा विश्वभर यो भ्याक्सिन सप्लाई गर्ने लक्ष्य बनाइएको छ । यो वर्ष दुई करोड भ्याक्सिन अमेरिका सप्लाई गर्ने साथै विश्वभरका लागि आउने वर्ष ५० करोड सप्लाई गर्ने बताइएको छ । 

 

अन्य भ्याक्सिनभन्दा यो बढी प्रभावकारी देखिएको डाटाहरुले समेत पुष्टि गरेका छन् । सबैभन्दा पहिला सार्वजनिक गरिएको रसियन भ्याक्सिन स्पुटनिक भिको ९० प्रतिशतमात्र प्रभावकारी रहेको बताइएको थियो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

  • 1 minute ago
नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बेलायतका प्रधानमन्त्रीको चेतावनी

लण्डन । बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।

नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

  • 1 hour ago
नेकपा सचिवालय बैठकः आँधीअघिको सन्नाटा !

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोली शनिबार बस्दैछ । तर, पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंसिर ३ गते बसेको सचिवालय बैठकपछि भे

चितवनको माडीमा बिओपी स्थापना

  • 2 hours ago
चितवनको माडीमा बिओपी स्थापना

चितवन । माडी नगरपालिकामा छैटौँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । माडी –६ कल्याणपुरमा छैटौँ पोष्ट स्थापना गरिएको हो ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।