कोरोना खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने, खोप लगाउने दिन भने अझै तय हुन सकेन

  • बिहीबार, ८ माघ, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिए ।

 

स्वयम्सेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर ५२ हजार महिला स्वयम्सेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

 

काठमाडौँमा बिहीबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् ।

 

विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको छ ।

 

कान्तिपुर दैनिकमा खबर छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

  • 10 minutes ago
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।

तौल घटाउने सजिलो उपाय

  • 14 minutes ago
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

  • 22 minutes ago
थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौँ । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।