चिनियाँ वैज्ञानिक स्वयं भन्छिन्ः कोरोना भाइरस चीनले नै निर्माण गरेको हो, मसँग प्रशस्त प्रमाणहरु छन्

एजेन्सी । चीनतर्फ कोरोना भाइरसको उत्पत्तिलाई लिएर लगातार प्रश्न उठ्दै आएको छ । अमेरिकादेखि युरोपका कैयौं देशहरु यो खतरनाक भाइरसको उत्पत्तिलाई लिएर चीनलाई जिम्मेबार ठान्दै आएका छन् ।

 

यसैक्रममा अहिले स्वयं चीनकी महिला भाइरोलजिस्ट, जो चीन सरकारको चम्कीपछि अमेरिका बस्दै आएकी छन् उनले कोरोना भाइरस मानव निर्मित रहेको दाबी गरेकी छन् । भाइरोलजिस्ट लि-मेंग यानले बताएकी छन् कि उनीसँग कोरोना भाइरस मानव निर्मित रहेको प्रमाणित गर्न पर्याप्त प्रमाणहरु रहेका छन् । उनले उक्त प्रमाणहरु छिट्टै पेश गर्ने पनि बताएकी छन् । उनले चीन सरकारलाई गम्भीर आरोप लगाउँदै यो भाइरसलाई लिएर चीनले धेरै कुराहरु लुकाएको पनि बताएकी छन् । 

 

यसैबीच लि मेंगले कोरोना वुहानको मासु पसलबाट नआएको बताउँदै कोरोना प्रकृतिको देन नरहेको पनि जिकिर गरेकी छन् । उनलाई वुहानको मासु पसलबाट भाइरसको उत्पत्ति नभएको भए कसरी उत्पत्ति भयो भनी प्रश्न गर्दा उनले यो खतरनाक भाइरस वुहानको ल्याबबाट उत्पत्ति भएको र मानव निर्मित भएको बताइन् । यो भाइरसको जिनोम अनुक्रम एक मानव औंठाछाप जस्तै रहेको भन्दै यसकै आधारमा उनले यो भाइरस मानव निर्मित रहेको प्रमाणित गर्ने बताएकी छन् ।

 

कुनैपनि भाइरसमा मानव औंठाछापको उपस्थिती भएमा यो कुरा बताउन प्रयाप्त हुन्छ कि त्यसको उत्पत्ति मानवद्वारा गरिएको हो । उनी बताउँछिन्, तपाईसँग भलै जीव विज्ञानको ज्ञान छैन अथवा तपाई यसलाई अध्ययन गर्न सक्नुहुन्न तापनि तपाई यसको आकारबाटै यो भाइरसको उत्पत्तिको पहिचान गर्न सक्नुहुन्छ । सरकार मलाई झुटो प्रमाणित गर्न अनेक प्रकारका जालझेल रचेको छ । म हंगकंग छाडेर अमेरिका आएको छु साथै मेरा सबै निजि जानकारी सरकारी डाटाबेसले हटाइदिएको छ । मेरो बारेमा अफवाह फैलाउन पनि भनिएको छ । 

 

यसका साथै उनले आफूलाई हत्या गर्ने आरोप समेत आएको बताउँदै तर आफू आफ्नो लक्ष्यबाट पछाडि नहट्ने प्रस्ट पारेकी छन् । उनी कोरोना भाइरसको अध्ययन गर्ने वैज्ञानिकमध्ये एक हुन् । उनले हरेक चुनौतिको सामना गर्दै चाँडै नै कोरोना भाइरस मानव निर्मित रहेको प्रमाणित गर्ने बताएकी छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 3 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 3 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।