कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बुधबार, ३ बैशाख, २०७७
  • 2 years ago
  • नेपाल

एजेन्सी । कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए ।

 

राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न दबाब दिइए पनि सरकारले चुनाव नसार्ने निर्णय गरेको थियो । 

 

कोरियाली मतदाताहरु विचारधारात्मक, पुस्तागत मान्यता तथा क्षेत्रीयताका आधारमा बाँडिएका भए पनि पछिल्लो चुनावी मतसर्वेक्षणले राष्ट्रपति मून र उनको उदारवादी पार्टीले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखाएको छ । खासगरी, चीन, युरोप र उत्तर अमेरिकी मुलुकमा कोरोनाभाइरसले सर्वाधिक असर पारेको भए पनि कोरियाले अपनाएको कोरोना परीक्षण र क्वारेन्टिनको चुस्त शैलीले आमजनतामा विश्वास बढाएको पाइएको छ । 

 

“हामी अहिले कठिन मोडमा छौं, तर कोरोनाभाइरस र राजनीति दुई भिन्न कुरा हुन्,” सियोलको मतदान केन्द्रमा भेटिएका ५७ वर्षीय ली कुमले बताए । अर्की सियोल निवासी ४५ वर्षीया चुङ युन–योङले आफू मतदान केन्द्रमा लामो लाइनमा बस्नु नपरोस् भनेर बिहानै ६ बजे मतदान केन्द्रमा आइपुगेको बताए । 

 

“म कोरोनाभाइरसबाट निकै चिन्तित छु,” उनले भने । “अधिकारीहरुले मेरो शरीरको तापक्रम नापे र ग्लोब्स दिए । तर यहाँ मैले सोचेजति दिक्दारीलाग्दो अवस्था रहेनछ ।”

 

मतदान केन्द्रहरु रहेका सरकारी कार्यालयहरु र स्कुलहरुमा लामा लाइनहरु सर्पजस्ता देखिन्थे । यस चुनावमा ठूलो संख्यामा मानिसले मतदानमा भाग लिएको पाइएको छ । 

 

सरकारी अधिकारीहरुले आफूखुशी एकान्तबास -क्वारेन्टिन-मा बसेका योग्य मतदाता र करिब १३ हजार कोरोना संक्रमित व्यक्तिहरुलाई चुनावअघि नै मोबाइलबाट मतदानमा सहभागी हुन सक्ने भन्दै सन्देश पठाएका थिए । ज्वरो नआएका वा श्वास प्रश्वासमा समस्या नदेखिएका व्यक्तिलाई साँझपख ५।२० बजेदेखि ७ बजेसम्म मतदान केन्द्रमा आएर मतदान गर्न सक्ने सूचना दिइएको छ । अन्य व्यक्तिका लागि भने ५ बजेपछि मतदान गर्न नपाउने व्यवस्था गरिएको छ । 

 

क्वारेन्टाइनमा रहेका मतदातालाई ट्राकिङ एप्सको सहयोगमा अनुगमन गर्ने वा अर्को व्यक्तिको साथमा मतदान केन्द्रसम्म ल्याउने व्यवस्था गरिएको छ । यस्ता मतदातालाई एकअर्कासँग २ मिटरको दूरीमा राखिने प्रबन्ध गरिएको चुनाव अधिकारीहरुले बताएका छन् । चुनावमा खटिने व्यक्तिहरुले सुरक्षात्मक पोशाक लगाउने तथा प्रत्येक मतदाताले मतदान गरिसकेपछि मतदान स्थललाई सफाई गर्ने योजना बनाइएको छ ।

 

अस्पतालमा उपचारारत व्यक्तिले भने हुलाक मार्फत मतदान गर्न पाउने छन् । करिब ४०० जना सामान्य बिरामी व्यक्तिले भने अस्थायी आश्रयबाटै बिहानै मतदान गरिसकेका छन् । 

 

दक्षिण कोरियामा १० हजार ५९० जनाभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २२५ जनाको मृत्यु भएको छ । पछिल्ला साताहरुमा नयाँ संक्रमित व्यक्तिहरुको संख्या घट्न थालेको छ । तर निकै घनाबस्ती रहेको सियोलमा कोरोनाको संक्रमण फैलिने खतरा बढेको अधिकारीहरुले बताएका छन् । 

 

दक्षिण कोरियाको ३०० सदस्यीय संसदको प्रत्येक चार वर्षमा चुनाव हुने गर्दछ । संसदका २५३ जना विभिन्न जिल्लाबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ४७ स्थान समानुपातिक प्रतिनिधित्व हुने गर्दछ । 

 

दर्जनौं पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा रहेका भएपनि राष्ट्रपति मून जाए–इनको सत्तारुढ डेमोक्र्याटिक पार्टी र मुख्य विपक्षी युनाइटेड फ्युचर पार्टीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • 10 hours ago
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

घरायसी बिवादका कारण पिताम्बरले लोहोरा प्रहार गर्दा मनकलाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्र

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

  • 10 hours ago
युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

  • 10 hours ago
चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्रगतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।