कसरी हटाउने कोरोनाको त्रास ?
- सोमबार, २९ बैशाख, २०७७
- 2 years ago
- जीवनशैली

काठमाडौं । विश्वका विभिन्न स्वास्थ्य संस्थाले कोरोना भाइरसले पैदा गरेको त्रासबाट बच्न अनेक सुझाब दिइरहेका छन् । माइन्ड नामक मानसिक स्वास्थ्य संस्थाले अहिलेको अवस्थामा मानिसलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाब दिएको छ । साथै, एन्जाइटी युकेले पनि चिन्ता हटाउन यस्ता विभिन्न सुझाब दिएको छ ।
स्वीकारः मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्विकार्नुहोस् ।
विश्रामः तपाईँले सधैं गर्ने जस्तो व्यवहार नगर्नुहोस् । कुनै प्रतिक्रिया नजनाउनुहोस् । विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस् ।
नबहकिनुहोस्ः सोचाइ वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस् ।
परित्यागः सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन् । तपाईँले केही गर्नै पर्दैन । ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन् ।
वर्तमानः अहिलेको क्षणमा रमाउनुहोस् । यो क्षणमा सबै राम्रै भइरहेको छ । आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस् । आफ्नो धरातलतिर ध्यान दिनुहोस् । वरिपरिको वास्तविकता हेर्नुहोस्, सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्, यो क्षणमा । त्यसपछि आफ्नो ध्यान अर्कातिर मोड्नुहोस् र आफूले के गर्नुपर्छ र के गर्दै छु भनेर विचार गर्नुहोस् । वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस् । ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 15 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 17 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 30 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।