विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
- बुधबार, २९ पुष, २०७७
- 1 week ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । सन् २०२१ को सुरुवातसम्म पनि यो भाइरस नियन्त्रणमा आउन सकेको छैन ।
यो समाचार तयार पार्दासम्म विश्वमा ९ करोड १९ लाख ७२ हजार ६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै हालसम्म १९ लाख ६८ हजार ३४४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ६ करोड ५७ लाख ८६ हजार ४९४ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ लाख १२ हजार ५२ जनामा कोरोना पुष्टि भएको छ भने २४ घण्टाकै अवधिमा ४ हजार ७७ जनाले ज्यान गुमाएका छन् । हालसम्म २ करोड ३३ लाख ५८ हजार १५६ जनामा कोरोनाले संक्रमण गराएको छ । ३ लाख ८९ हजार ४१७ जनाले ज्यान गुमाएका छन् ।
यस्तै १ करोड ३७ लाख ९९ हजार ९५६ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
न्यायपालिकामाथि प्रधानमन्त्रीबाट हस्तक्षेपको प्रयास भएको आरोप
- 51 seconds ago

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क
भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख कोरोना खोप आज काठमाडौं आइपुग्दै
- 6 minutes ago

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण ग
ललिता निवास जग्गा प्रकरणः चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी
- 11 minutes ago

काठमाडौँ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरे
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।