परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

  • सोमबार, ६ बैशाख, २०७८
  • 3 weeks ago
  • नेपाल

काठमाडौं । छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ। प्रदेश २ मा कोरोना संक्रमणको पहिलो लहरमा अधिकतम २० प्रतिशत नमुनामा मात्रै पोजेटिभ देखिन्थ्यो। अहिले परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण देखिएको छ। निर्देशक झाका अनुसार पहिलो लहरमा संक्रमण फैलिएको स्थानबाट आउनेलाई क्वारेन्टिनमा राखिन्थ्यो अहिले सीधै घर जान्छन्, समुदायमा जान्छन्।

 

भारतबाट फर्किने पनि सीधै घरमा गइरहेका छन्। अहिले परीक्षण गराउन अस्पताल पुग्ने प्रायः कडा लक्षण देखापरिसकेका मात्रै छन्। ‘कोरोना संक्रमण वृद्धिको दरले समुदायमै संक्रमण फैलिसकेको पुष्टि हुन्छ,’ झाले भने। वैशाख मध्यबाट संक्रमितको संख्या अझ धेरै हुने अनुमान छ। गत वर्षको साउन महिनामा यस प्रदेशमा संक्रमण भयावह अवस्था थियो। वैशाख मध्यमा अघिल्लो साउनको झल्को दिने गरी संक्रमण बढ्ने स्वास्थ्य विज्ञहरूको प्रक्षेपण छ।

 

प्रदेश २ मा दैनिक संक्रमितको संख्या बढिरहँदा रोकथाम र नियन्त्रणका लागि सरकारी तयारी भने शून्य देखिन्छ। सघन बसोबास भएको यस प्रदेशको जनसंख्या ६० लाख प्रक्षेपण गरिएको छ। प्रदेश सरकारले अहिलेसम्म कोभिड डेडिकेटेड अस्पताल व्यवस्थापन गर्न सकेको छैन। मुख्यमन्त्री लालबाबु राउतले मातहतका मन्त्रालयलाई छिटो अस्पताल र उपचारात्मक बन्दोबस्त मिलाउन निर्देशन दिएका छन्। संक्रमणको पहिलो लहरका बेला सञ्चालनमा ल्याइएका आइसोलेसन सेन्टरहरू संक्रमित घट्दै गएपछि बन्द भए। जिल्ला अस्पतालहरूले पनि आफ्नो आइसोलेसन सेन्टरहरू बन्द गरे। नागरिक दैनिक

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 3 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।