दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण

  • आइतबार, २६ बैशाख, २०७८
  • 1 month ago
  • नेपाल

दार्चुला । तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको संक्रमण फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।

 

“रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।”

 

वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उहाँले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर  अहिलेसम्म परीक्षण नगरिएको बताए । वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८/१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनले भने, “तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।”

 

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । “स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो”, अध्यक्ष मन्यालले भने, “स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।”

 

थप १६ कोरोना सङ्क्रमित भेटिए

 

दार्चुलामा वैशाख १५ गतेयता कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । शनिबार मात्रै जिल्लाका विभिन्न क्षेत्रमा गरिएको एन्टिजेन परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकाअन्तर्गत पर्ने पुलघाट नाकामा सात, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा तीन/तीन, मालिकार्जुनमा दुई तथा दुहुँ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन वीरेन्द्रराज भट्ट जानकारी दिए ।

 

अहिलेसम्म महाकाली नगरपालिकामा सबैभन्दा बढी ७६, शैल्यशिखर नगरपालिकामा २१, लेकम गाउँपालिमा १७ र अपिहिमाल गाउँपालिकामा १२ कोरोना सङ्क्रमित रहेका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा आठ, नौगाड गाउँपालिकामा दुई, मार्मा गाउँपालिकामा १९ तथा दुहुँ गाउँपालिकामा सात गरी १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ । 

 

कोरोना सङ्क्रमित देखिएकामध्ये हालसम्म जिल्लामा एक पुरुष र एक महिला गरी दुईको मुत्यु भएको छ भने जिल्लाबाहिर उपचारका क्रममा तीन गरी जिल्लाका पाँच नागरिकको कोरोना सङ्क्रमणबाट मुत्यु भएको छ । 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

  • 9 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले शुक्रबार विश्वासको मत लिने प्रस्ताव गरेको संसद सचिवालयले जनाएको छ । मंगलबार उनले संसद सचिवालयमा विश्

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • 20 minutes ago
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बलिउड अभिनेत्रीहरुको सारी मोह

  • 28 minutes ago
बलिउड अभिनेत्रीहरुको सारी मोह

एजेन्सी । बलिउडमा पछिल्लो समय अभिनेत्रीहरुको सारी मोह देख्न सकिन्छ । निकै महँगा खालका सारीमा उनीहरु देखिने गरेका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।