कोरोना खोपको समान वितरणका लागि महासचिव गुटेर्रेसको आग्रह

Norvic Hospital

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका हुन् ।

 

महासचिव एन्टोनियो गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी यो आग्रह गरेका हुन् । महासचिव एन्टोनियो गुटेर्रेसले भनेका छन् – अहिले पनि खोपको वितरण त भइरहेको छ, सबै देशमा यो पुगेको छ र नागरिकलाई वितरण गरिएकै छ तर पनि अहिलेको प्रयासलाई कम्तीमा पनि दोब्बर बनाउनुपर्ने देखिएको छ ।

 

उनले भनेका छन् कि अहिले यो खोप सबैभन्दा धेरै आम्दानी भएका देशहरु जस्तै धनी देश र मध्यमबर्गीय देशहरुमा यो पुगेको छ तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न सकेको छैन । उनले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ भने ।

 

उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरु परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरुको विस्तारै अर्थात नजानिँदो रुपले ज्यान लिइरहेको छ र यो कोरोना भाइरसले चाँडोभन्दा चाँडो ज्यान लिएको छ भने । महासचिव एन्टोनियो गुटेर्रेसले विश्वमा मानवीय संकट निम्त्याइरहेका यी दुवै समस्याका विरुद्धमा विश्वका देशहरु सबै एक भएर लड्नुपर्नेमा जोड दिए ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुकुन्दले गरे झापाकी इन्दिरासँग 'इन्गेजमेन्ट'

  • 3 minutes ago
मुकुन्दले गरे झापाकी इन्दिरासँग 'इन्गेजमेन्ट'

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् 'मुकुन्दे'ले इन्गेजमेन्ट गरेका छन् ।

३६ मोडल एउटै र्‍याम्पमा

  • 8 minutes ago
३६ मोडल एउटै र्‍याम्पमा

काठमाडौँ । बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ। आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्

ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

  • 14 minutes ago
ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पु



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।