कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु, के हो यो भाइरस ?

एजेन्सी । कोरोनाभाइरसको कारण चीनमा ९ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारले दिएको जानकारी अनुसार हालसम्मा ४४० जनामा उक्त भाइरसको संक्रमण देखापरेको हो । 

 

ज्यानै जाने भाइरस देखापरेपछि सचेत रहन सरकारले जनताहरुलाई सचेत गराएको छ । त्यस्तै, सरकारले पनि यसको नियन्त्रणको लागि प्रयास गरिरहेको बताएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भाइरसको नियन्त्रणको लागि आफूहरु संवेदनशिल रहेको बताएको छ । 

 

चीनमा भाइरस भेटिएपछि उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ ।

 

अमेरिकामा पनि यो भाइरस भेटिएको छ । अमेरिकास्थित ‘द सेन्टर फर डिजिज कन्ट्रोल’का अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो ।

 

के हो कोरोनाभाइरस ?

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । यो भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूलाई ज्वरो आउने, खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने गर्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

  • 15 minutes ago
बार्सिलोनालाई जोआन गाम्पर ट्रफी

जेन्सी । क्याटलान क्लब बार्सिलोनाले आफूले वार्षिक रुपमा आयोजना गर्ने जोआन गाम्पर ट्रफी जितेको छ ।

ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

  • 49 minutes ago
ला लिगाः गेटाफेद्वारा ओसासुना पराजित

एनेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा गेटाफेले जित निकालेको छ ।

भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

  • 57 minutes ago
भारतमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन, त्यसैले...

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।