भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए ।

 

इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च (एएसीएफ) को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा राखेका हुन् ।

 

उनले भ्रष्टाचार विरुद्ध लड्न राजनीतिक, व्यवस्थापिका, कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यक औंल्याए । 

 

राष्ट्रपति सिसीले इजिप्टमा भ्रष्टाचार विरुद्ध लड्न हालैका वर्षमा धेरै उपाय अपनाइएको बताए । 

राष्ट्रपति सिसीले भ्रष्टाचार हुनुको कारण पत्ता लगाउन इजिप्टमा अनुसन्धान, अध्ययन र मतसर्वेक्षण पनि गरिएको जानकारी दिए ।

 

अफ्रिकी युनियनको अध्यक्षता हाल इजिप्टले गरिरहेको छ । 

 

उनले भ्रष्टाचार विरुद्ध लड्न अफ्रिकाका मुख्य साझेदारहरुबीच गहिरो अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकामा जोड दिए ।

 

“हाम्रो दृढ विश्वास के छ भने भ्रष्टाचार विरुद्ध लड्न र हाम्रो महादेशको अवस्थामा परिवर्तन ल्याउन साझा प्रयत्न, सामूहिक दृष्टिकोण र अफ्रिकी संयन्त्रको समन्वयात्मक प्रयत्नको बढावा नै मुख्य पक्ष हो ।”


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग

  • 1 minute ago
पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग

समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ ।

नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

  • 4 minutes ago
नेपाल भ्रमण दशक मनाउने सरकारको निर्णय

कोभिड–१९ पछि पर्यटन उत्थान कार्यक्रम सार्वजनिक गरेको मन्त्रालयले यसअघि नै भ्रमण दशक मनाउने उद्घोष गरिसकेको थियो । सोही योजना मुताविक सरकारले भ्रमण दशक मनाउने निर्णय गरेको हो ।

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

  • 7 minutes ago
सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार



पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।