कपल च्यालेन्जका फोटोहरुको ‘मिसयुज’!

सांकेतिक फोटो

एजेन्सी । सामाजिक सञ्जालहरुमा बिभिन्न खालका ह्यासट्याग ट्रेन्ड चलिरहन्छन् । तिमध्ये कतिपय राम्रा उदेश्यको लागि वा विशुद्ध मनोरञ्जनको लागि हुने गर्दछन् । तर, कतिप च्यालेन्जहरुभने ह्याकरहरुको जाल पनि हुने गर्दछ । 

 

यस्तै, पछिल्लो समय चर्चामा आएको ‘ह्यासट्याग कपल च्यालेन्ज’मा पोस्ट भएका फोटोहरुको गलत प्रयोग हुन थालेको समाचारहरु आउन थालेका छन् । संजालमा पोस्ट गरेका आफ्नो पार्टनरसँगको फोटोको गलत प्रयोग भइरहेको खबरले मानिसहरु झस्किएका छन् । ह्यासट्याग प्रयोग गर्दै पोष्ट गरिएका पार्टनरसँगको फोटोबाट ह्याकरहरुले व्यक्तिगत विवरण समेत लिएको भन्दै समाचारहरु बाहिर आउन थालेका हुन् । 

 

एक सर्वेक्षणका अनुसार करिब ३० लाख प्रयोगकर्ताले फेसबुकमा कपल च्यालेन्ज भन्दै पार्टनरसँगको फोटो राखेको पाइएको छ ।

 

भारतीय प्रहरीले भने पार्टनरसँगको फोटो पोस्ट गर्नुअघि सोच्न भनेको छ । पुणे प्रहरीले सेप्टेम्बर २४ मा नै एक ट्वीट गर्दै ह्यासट्याग कपल च्यालेन्जबाट जोखिन सचेत गराएको थियो । ‘आफ्ना पार्टनरसँगको फोटो पोस्ट गर्नु अघि दुई पटक सोच्ने गर्नुहोस् । यदि सावधानी अपनाउनु भएन भने यो च्यालेञ्ज गलत सावित हुनसक्छ ।’ पुणे प्रहरीको ट्वीटमा लेखिएको छ ।

 

यस प्रकारका च्यालेन्जलाई निशाना बनाएर ह्याकरले फोटोको दूरुपयोग गर्नसक्ने प्रविधि विज्ञहरुले औल्याएका छन् । एउटाको शरिरमा अर्कोको शरिर राखिदिने, तथा बिभिन्न अश्लिल साइटहरुले फोटोको दूरुपयोग गर्ने साथै ब्ल्याकमेलसम्म गर्नसक्ने हुँदा विज्ञहरुले सोच्न भनेका हुन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

टोटनहममा मोउरिन्होको एक वर्ष

  • 13 seconds ago
टोटनहममा मोउरिन्होको एक वर्ष

एजेन्सी । टोटनहमा प्रशिक्षक जोसे मोउरिन्हो नियुक्त भएको एक वर्ष भएको छ । यसबीच उनी व्यापक आलोचित भए भने कतिपय खेलमा लज्जास्पद हार पनि भोगे ।

'बाहिर जति नै आलोचना भएपनि म्यानचेस्टर सिटीले पेप ग्वार्डीवालामाथि विश्वास गर्छ'

  • 2 minutes ago
'बाहिर जति नै आलोचना भएपनि म्यानचेस्टर सिटीले पेप ग्वार्डीवालामाथि विश्वास गर्छ'

एजेन्सी । यस सिजन म्यानचेस्टर सिटीले खासै गतिलो खेल प्रदर्शन गर्न सकिरहेको छैन । लगातार दुई सिजन प्रिमियर लिगको उपाधि जितेको म्यानचेस्टर सिटी गएको सिजन लिभरपुलभन्दा निकै कमजोर सावित भएको थियो ।

गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी महिलाको मृत्यु

  • 6 minutes ago
गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी महिलाको मृत्यु

झापा । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाइते भएकी झापा गौरीगञ्ज गाउँपालिका–५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्यु भएको छ ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

आयुर्वेदिक उपचारमा आकर्षण

आयुर्वेदिक उपचारमा आकर्षण

काठमाडौं । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।