कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौँ । भारत कोरोनाभाइरसबाट प्रभावित देशको दोस्रो स्थानमा छ । हालसम्म भारतमा ५० लाख भन्दा जनसंख्यामा बढी कोरोना फैलिइसकेको छ । कोरोनाकै कारण ८२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

 

कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमामात्रै १० लाख ७७ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै, आन्द्र प्रदेशमा ५ लाख ७५ हजार, तामिल नाडुमा ५ लाख ८ हजार, कर्नाटकमा ४ लाख ६७ हजार, उत्तर प्रदेशमा ३ लाख १७ हजार, दिल्लीमा २ लाख २१ हजार, पश्चिम बंगालमा २ लाख ५ हजार, तेलंगनामा १ लाख ६० हजार, बिहारमा १ लाख ५९ हजार तथा ओडिसामा १ लाख ५५ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

 

नेपालको पूर्वी जिल्लासँग सीमा जोडिएको पश्चिम बंगालमा पनि दैनिक ३ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ‘द इन्डियन एक्सप्रेस’का अनुसार उक्त राज्यमा हालसम्म ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

 

त्यस्तै, नेपालबाट नजिक पश्चिम बंगालकै दार्जिलिङ जिल्लामा मंगलबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ । भारतीय सेनाको अस्पतालमा भएको परीक्षण बाहेक दार्जिलिङ नगरपालिकामा १८ जना, खरसाङ नगरपालिकामा १ जना, सुकुनामा ४ जना, मिरिकमा २ जना, सुके पोखरीमा २ जना, पुलबजार (बिजनबारी)मा ३ जना, सिलगढी नगरनिगममा ४४ जना, मटिगढामा २० जना तथा नकसबारीमा २१ जनामा कोरोना पुष्टि भएको छ ।

 

यससँगै दार्जिलिङमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ५० भन्दा बढी पुगेको छ भने २२ जनाको मृत्यु भइसकेको छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

  • 4 minutes ago
नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन

चितवन । पहिरो हटाएसँगै नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी रुपमा संचालन हुन थालेको छ । शुक्रबार बिहान गएको पहिरोको कारण अवरुद्ध भएको सडक पन्छाएसँगै दुईतर्फी रुपमै संचालन हुन थालेको चितवन ट्राफिक प्रहरी

भारतमा कोरोना कहर, यी हुन् सबैभन्दा बढी प्रभावित राज्यहरु

  • 8 minutes ago
भारतमा कोरोना कहर, यी हुन् सबैभन्दा बढी प्रभावित राज्यहरु

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

  • 21 minutes ago
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्याग्नु भएको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।