परीक्षण बढाएरै कोरोना नियन्त्रण गर्न सफल अष्ट्रेलियाको एनएसडब्लु

सिड्नी । कोरोनाभाइरस (कोभिड–१९) को नियन्त्रणको लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यले निकै मेहनत गरिरहेको छ । एनएसडब्लुमा मार्चको पहिलो साताबाट संक्रमितको संख्या बढ्न थालेको थियो । मार्च २७ मा राज्यमा सर्वाधिक २१२ जना संक्रमित पुष्टि भएको थियो । 

 

कोरोनाको संक्रमण देखिन थालेपछि राज्यले नियन्त्रणको लागि बिभिन्न खालको मापदण्ड बनायो । राज्यमा लकडाउन भयो । लकडाउन लगाएपछि सरकारले व्यवसायी तथा आफ्ना नागरिकलाई राहत पनि दियो । त्यसै समयमा राज्यले कोरोना परीक्षणको दायरालाई ब्यापक बनायो । दैनिक ३० हजारको हाराहारीमा परीक्षण भयो । सोही कारण मार्चको अन्त्यतिरबाटै राज्यमा कोरोना संक्रमितको संख्या घट्न थाल्यो ।

 

गत अप्रिलदेखि राज्यमा २९ भन्दा बढी संक्रमित भेटिएका छैनन् । अझै पनि राज्यमा दैनिक २० हजारभन्दा बढी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा २४ हजार ७६० परीक्षण हुँदा ७ जनामा संक्रमण रहेको पुष्टि भयो । 

 

कुनै क्षेत्रमा संक्रमित भेटिने वित्तिकै उक्त क्षेत्रमा रहेका व्यक्तिहरुलाई सम्पर्क गरेर कोरोना परीक्षण गर्न लगाउँछ । यदी सम्पर्क हुन नसकेको खण्डमा सूचना जारी गरेर सम्भावित संक्रमितलाई परीक्षण गर्नको लागि खबर गर्छ । त्यस्तै, ठाउँ ठाउँमा व्यक्तिहरुको शरीरको तापक्रम नाप्दै अधिकतम तापक्रम देखिएमा परीक्षणको लागि स्वाब लिइहाल्छ । यस्तो कार्यमा जनतालाई अनावश्यक दुःख दिइएको छैन । समयमा रिपोर्ट सार्वजनिक गर्ने तथा संक्रमितलाई उपचारको व्यवस्था गर्ने कार्यमा राज्य सरकार निकै चनाखो छ । 

 

राज्यकी प्रिमियर ग्लाडिस बेरिजेक्लिन दैनिकजसो पत्रकार सम्मेलनमा उपस्थित हुन्छिन् र कोरोनाबारे अपडेट दिन्छिन् । उनको यस्तो कार्यले राज्य जनताप्रति कति उत्तरदायी छ भनेर थप प्रश्ट हुन्छ ।

 

हालसम्म राज्यमा जम्मा २३ लाख ९६ हजार २६१ परीक्षण भएको छ । जसबाट ३ हजार ९५३ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।  

 

राज्यमा हालसम्म ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हाल ६ जना आइसीयुमा रहेका छन् ।

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • 10 minutes ago
पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ ।

'न्याय पाउने समय आयो'

  • 37 minutes ago
'न्याय पाउने समय आयो'

एजेन्सी । बलिउड दुनियाँमा अहिले ठूलो उथलपुथल आएको छ । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जब ड्रग्सले प्रवेश पायो तब यसले बलिउडमा ठूलो हलचल मच्चाएको छ ।

आजको मौसमः बिहानैबाट वर्षा, सतर्क रहन आग्रह

  • 1 hour ago
आजको मौसमः बिहानैबाट वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै यो न्युन चापिय क्षेत्र पश्चिम/उत्तरपश्चिमतिर सरेको पनि महाशाखाले जनाएको छ



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।