कोरोना संक्रमणबाट विदेशमा थप ५ नेपालीको मृत्यु

  • आइतबार, २१ भदौ, २०७७
  • 2 weeks ago
  • युके
सांकेतिक फोटो

लण्डन । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । 

 

योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।

 

कोरोना संक्रमणबाट विदेशमा थप ५ नेपालीको मृत्यु

 

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ ।  

 

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार  जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ  ।

 

 

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  

 

 

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत,  दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

 

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको  ९४ प्रतिशत हो ।  

 

यस्तै, नेपालमा मात्र ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्य २७ हजार १ सय २७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ ।

 

नेपालमा २ सय ८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपाल सहित जम्मा ४ सय ८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।  

 

यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ ।  

 

५६ हजार ७ सय ७७ जनाको उद्धार

कोरोना भाइरसको संक्रमण पछि भएको विश्वव्यापी लकडाउन पछि विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्धार कार्यजारी रहेको छ । गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीहरुको लास नेपाल पठाएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

  • 6 minutes ago
घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ ।

यी अभिनेत्रीलाई श्रीमानले कुटपिट गरेपछि...

  • 10 minutes ago
यी अभिनेत्रीलाई श्रीमानले कुटपिट गरेपछि...

एजेन्सी । अभिनेत्री र मोडल पूनम पाण्डे एक सोशल मिडिया सनसनी हुन् । उनी बोल्ड पोष्टका कारण चर्चामा रहन्छिन् । उनले केही समय अगाडि प्रेमी साम बम्बईसँग विवाह गरेकी थिइन्। वैवाहिक जीवन राम्रो हुने विश्वास

आजबाट लामो दूरीमा पनि साझा बस चल्दै

  • 12 minutes ago
आजबाट लामो दूरीमा पनि साझा बस चल्दै

काठमाडौं । साझा यातायातले आजदेखि लामो दूरीका बस सञ्चालन गर्ने भएको छ ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।