दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै
- शुक्रबार, ६ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

सोल। दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।
यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो। यहाँ बिहीबार २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ। यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन्।
बुधबार मात्र यहाँ २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए। त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए। दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा यहाँ संक्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन्।
यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ। त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि यहाँ कम रहेको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आदर्श लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त
- 2 minutes ago

काठमाडौँ। कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलबाट हुनेछ। शेयर रजिष्ट्रार नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका शेयरधनी
उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार
- 5 minutes ago

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औं, १७६ औं तथा १७७ औं शाखा काठमाडौँको ठूलो भयाङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। यससँगै
आखेटोपहार सहित २ जना पक्राउ
- 11 minutes ago

काठमाडौँ। भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम र
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।