क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने
- शुक्रबार, ७ मंसिर, २०७५
- 4 years ago
- खेल
- अष्ट्रेलिया

नर्थसाउन्ड, एन्टिगा । वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् ।
पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन मात्र बनाएको थियो ।
जवाफमा इङ्ल्यान्डले १७.१ ओभरमा दुई विकेट गुमाई निर्धारित लक्ष्य पूरा गरेको थियो । इङ्ल्यान्डका लागि एमी जोन्सले अविजित ५३ र नाताली सिभरले अविजित ५२ रन बनाएका थिए ।
यस्तै, दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ७१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्नु परेको अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
जवाफमा वेस्ट इन्डिजको टोली १७.३ ओभरमा ७१ रनमै समेटिएको थियो ।
अब फाइनल खेल आगामी आइतबार हुनेछ ।
बंगलादेश–वेस्ट इन्डिज टेस्ट क्रिकेट
बंगलादेशमा जारी बंगलादेश र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा बंगलादेशको टोली पहिलो इनिङमा ३२४ रनमा समेटिएको छ ।
बिहीबार ८ विकेटको क्षतिमा ३१५ रन बनाएको बंगलादेशले दोस्रो दिन ४।४ ओभरमा बाँकी २ विकेट गुमाएको थियो । वेस्ट इन्डिजका जोमेल वार्रीकानले दुवै विकेट लिएका थिए ।
श्रीलंका–इङ्ल्यान्ड टेस्ट
कोलम्बो – श्रीलंका र इङ्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट प्रतियोगिता कोलम्बोमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान जो रुटले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
यसअघिका दुवै टेस्ट इङ्ल्यान्डले जितिसकेको छ । तेस्रो टेस्टमा इङ्ल्यान्डका तर्फबाट जेम्स एन्डरसनको स्थानमा स्टुआर्ट ब्रोड र साम कुरानको स्थानमा जोन्नी बेयरस्टले खेल्ने छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 43 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 51 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 54 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।