पूर्वक्रिकेट खेलाडी इमरान पाकिस्तानको भावी प्रधानमन्त्री !

Norvic Hospital

काठमाडौं । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पुर्याएको छ । 

 

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो । 

 

क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गर्नुभएका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । 

 

उनको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेको थियो । यो बाटो उनका लागि अहिले सुखद् सावित भएको छ । 

 

चर्चित क्रिकेट खेलाडीको रूपमा छवि बनाएका इमरान अहिले फेरी चर्चित नेताका रूपमा उदाएका छन् । 

 

क्रिकेटबाट बिदा भएर ४३ वर्षको उमेरमा इमरानले सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर राजनीतिमा प्रवेश गरेका हुन् । 

 

भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठान गर्नु भएका इमरानलाई शुरुमा धेरैले विश्वास गरेनन । सन् २००२ मा भएको निर्वाचनमा २७२ सिटमध्ये उनको पार्टीले एक सिट मात्रै जितेपछि निराश नबनाएको पनि होइन । तर उनले आफ्नो अभियान र सक्रियतालाई जारी नै राखे । 

 

सन् १९९९ मा जनरल परवेज मुसरफको सैन्य कूको समर्थन गरेका इमरानले २००२ मा मुसर्रफलाई नै ‘अमेरिकी राष्ट्रपतिको जुत्ता चाट्ने’ र “मृत्यु दण्ड दिनुपर्ने” सम्मका अभिव्यक्ति र्दिए । शक्तिशाली राष्ट्रपति विरुद्ध नै कडा अभिव्यक्ति दिएपछि उनी पटक पटक आफ्नै निवासमा नरबन्दमा पनि परे । 

 

राष्ट्रपति मुसरफ विरुद्ध कडा अभिव्यक्ति दिएर चर्चामा रहे पनि सन् २००८ मा भएको निर्वाचनमा भने उनको पार्टीले एक सिट पनि जित्न सकेन । 

 

तर अहिले भने स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई इमरानले मुख्य चुनावी कार्यसूची बनाएर निरन्तर अभियान चलाइरहेकाले उनको पार्टीलाई पाकिस्तानी जनताले एकाएक सबैभन्दा ठूलो पार्टी बनाइदिएका छन् । 

 

राजनीति गर्नुभन्दा पहिलेसम्म पाकिस्तानको निर्वाचनमा कहिल्यै भोट नहालेको बताउने इमरानलाई अहिले भने पाकिस्तानका लाखौँ मतदाताले मतदान गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिएका छन् । 

 

अनेक उतार चढावका बीचमा पनि उनले निराश नभई चलाइरहेको आफ्नो अभियानले अहिले उच्च सफलता प्राप्त गरेको भन्दै अब मुलुकको मुहार फेर्ने प्रतिबद्धता गरेका छन् । अन्य पार्टीहरूको असन्तुष्टीका कारण निर्वाचनको मतपरिणामको औपचारिक घोषणा हुन अझै बाँकी रहे पनि उनको पार्टी नै सबैभन्दा ठूलो पार्टी हुने देखिएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 5 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 5 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 5 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।