तलब विवादका कारण भयाे प्रयास कुँवरकाे अपहरण र हत्या

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शुक्रबार, १४ मंसिर, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौँ । गोंगबुका आठ वर्षीया बालक प्रयास कुँवरको अपहरण र हत्या तलबको विवादले भएको प्रारम्भिक छानबिनमा खुल्न आएको छ ।

 

प्रहरीका अनुसार गोंगबुस्थित त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयासको अपहरण र हत्या सोही गेष्ट हाउसमा सवारी चालकका रुपमा कार्यरत महेन्द्र एसके (सार्की)ले  तलबमा भएको विवादका कारण हत्या गरेको हो ।

 

सवारी चालक सार्की एक महिनादेखि उक्त गेष्ट हाउसमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए ।

 

‘धेरै अनुसन्धान बाँकी नै छ, प्रारम्भिक अनुसन्धानमा रिसले हत्या गरेको स्वीकार गरेको छ, अपहरण, शरीर बन्धकपछि हत्यामा मुद्दा चल्छ’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भने ।

 

मालिकले गालीगलौज गर्ने, बालकले पनि घृणा गर्ने र प्रविणसँग जागीर र तलबका विषयमा विवाद भएपछि आवेगमा हत्या गरेको सार्कीले स्वीकारेको उनले बताए ।

 

उनले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका ६ः४५ बजे नागर्जुनको जङ्गलमा लगेर नाक, मुख थुुनी घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ ।

 

त्यसपछि होटलमा आएर उनले बालकको खोजतलासमा सहयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बालकको शव फेला परेको थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

  • 9 hours ago
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • 10 hours ago
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग

ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

  • 10 hours ago
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।