यी हुन् विश्वकै खतरनाक अपराधीहरु
- मंगलबार, १९ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

विश्वमा लाखौं मानिसहरु अपराधमा संलग्न छन् । ठगी, डकैती, चोरी, आतंकवाद, लागुपदार्थ तस्करी, हत्या, अपहरण र युद्ध अपराधहरु लगाएत अपराधमा संलग्न धेरै अपराधिहरु अन्तराष्ट्रिय प्रहरी संगठनको मोस्ट वान्टेड लिस्टमा छन् ।
यी मध्ये केही त्यस्ता अपराधिहरु छन् जसका कर्तुतहरु सुन्दा पनि हाम्रो शरिर काँप्छ । विश्वका मोस्ट वान्टेड १० जना कुख्यात अपराधिहरुको सूची यस्तो छः
१०. ओमिद ताभिली (पर्सिया)
इरानियन अपराध संगठनका मुख्य ताभिलीलाई मेल फ्रड, तार फ्रड, टेलि–मार्केटिङ र अरुलाई अपराधमा संलग्न गराएको आरोप छ । उनी सन् २००७मा कडा सुरक्षा घेरा भएको जेलबाट भागेका थिए । उनी मध्य पूर्वमा धेरैलाई घुस दिएर आफ्नो अपराधलाई अझै फैलाइरहेका छन् ।
९. जेम्स बल्गर ‘व्ह्वाइटी’ (अमेरिका)
इतिहासका किताब र एडोल्फ हिटलरका बारेमा रुचि राख्ने ‘व्ह्वाइटी’सन् १९९५ देखी एफबिआईको मोस्ट वान्टेड सूचीमा छन् । सुरुका वर्षमा चोरीका आरोपमा समातिएका उनीमाथि जालसाजी, ससश्त्र डकैति र हत्याका आरोपहरु छन् । उनको धेरै ग्याङस्टारहरु संग नजिकको सम्बन्ध रहेको छ ।
८. अलकापोने (अमेरिका)
पैसाको लागि जे पनि गर्न सक्ने अपराधिको रुपमा चिनिने अलकापोने सानोमा स्ट्रिट ग्याङमा आबद्ध भएका थिए । त्यसपछि उनको अपराधको श्रृंखला बढ्दै गयो । उनले अवैध रुपमा जुवा खेलाउने, जबरजस्ती असुली, संरक्षण र वेश्यावृत्तिका र्याकेट नै सञ्चालन गरेका छन् ।
७. मेसिना डेनारो (इटाली)
अपराधीहरुको पनि अपराधि मानिने डेनारोलाई मिडिया र सिनेमाहरुले प्लेब्वाई डनको रुपमा चित्रण पनि गर्ने गरेका छन् । ‘कोसानोस्टा’माफिया ग्याङको सरदार डेनारोको जन्म नै माफिया परिवारमा भएको थियो ।
६. जोसेफ कोनी(युगान्डा)
युगान्डियन सरकारको सबै भन्दा ठूलो शत्रु मानिएका कोनीले सन् १९८७मा लर्डस् रेसिस्टेन्स आर्मिको स्थापना गरेका थियो । महिलाहरुका कपडा लाउने सौख भएका कोनीमाथि दर्जनौं हत्या, अपहरण, बलात्कार लगाएतका क्रुर अपराधका आरोप छन् ।
५. अलि मजानतोख्ता खुनोभ (रसिया)
आफ्नो समयका प्रख्यात फुटबल खेलाडी उनीपछि मस्कोमा अपराध कर्ममा लागेका हुन । उनीमाथि रसियामा संगठित अपराध, अवैध हतियार बिक्रि, तस्करी र अन्य कुख्यात अपराधहरुमा संलग्न भएको आरोप छ ।
४. फेलिसियनका बुगा (रुवान्डा)
रुवान्डाका ठूला व्यापारी काबुगालाई रुवान्डामा सन् १९९४ मा भएको नरसंहारको मुख्यअभियुक्त मानिन्छ । यसका अलाबा उनीमाथि अन्य आपराधिक क्रियाकलापलाई आर्थिक सहयोग गर्ने गरेको आरोप पनि छ ।
३. पेड्रो एन्टोनियो मरिन (कोलम्बिया)
तिरोफिजो उपनामले चिनिने उनी माक्र्सवादी आतंककारी संगठन फार्कको संस्थापक पनि हुन् । उनको संगठन लागुपदार्थ तस्करी, हत्या, धम्की, जबरजस्ती असुली, अपहरण लगाएतका विभिन्न अपराधिक कार्यहरुमा संलग्न छ । आफ्नै सेनार हजारौं समर्थक भएकाले पनि उनी शक्तिशाली अपराधि मानिन्छन् ।
२. दाउद इब्राहिम (भारत)
बलिउडका अन्डरवल्र्ड थिमका प्रेरणा मानिने दाउद आपराधिक संगठन डि कम्पनीका मालिक हुन । मुम्बईका त्यति बेलाका डन करिम लालाको हत्या गरेर अपराध जगतमा उदाएका उनलाई सन् १९९३ को मुम्बई बम आक्रमणको मुख्य योजनाकार मानिन्छ । अपराध जगतका बादशाह मानिने उनी विभिन्न गुप्तचर संगठनहरुको टाउको दुखाईका मुख्य कारण मानिन्छन् ।
१. जोआक्विन गुजम्यान (मेक्सिको)
मेक्सिकोका ड्रग माफिया गुजम्यानको नाम फोब्र्सको अर्बपतिको सूचीमा समेत रहेको छ तर अन्तराष्ट्रिय एजेन्सीहरु अझै उनलाई समात्नलाई हात धोएर लागिपरेका छन् । मेक्सिकोको सबैभन्दा शक्तिशाली ड्रग सञ्जाल भएका उनी आफ्नो प्रशंसकहरु बिच धेरै नै लोकप्रिय छन् किनभने उनले सामाजिक सेवाको लागि धेरै दान गर्ने गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।