क्रोएसियाकी सुन्दर राष्ट्रपतिबारे अनौठा कुराहरू
- शुक्रबार, १० साउन, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । गत वर्ष १२ जुनदेखि १५ जुलाईसम्म चलेको रसियामा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलले पुरा विश्वको ध्यान त्यसतर्फ खिचेको थियो ।
फ्रान्स विजेता बनेसँगै उसको प्रतिद्ववन्दी बनेको क्रोएसियाले उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यस विश्वकपमा क्रोएसियाको हरेक खेलमा एक महिलाको हँसिलो अनुहारलाई देखाइन्थ्यो जो खेलको मजा लिँदै खेलाडीहरुलाई हौसला प्रदान गर्थिन् ।
उनको चियर अप र खेलमाथि भएको उनको क्रेजले जोकोही उनको फ्यान नै बनेका थिए । ती महिला अरु कोही नभई क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्रावर कितारोभी थिइन् ।
क्रोएसियाले यसभन्दा अघि विश्वकपमा कहिल्यै पनि फाइनल सम्मको यात्रा पुरा गरेको थिएन । यसको श्रेय उनै प्रिय किताराभीको खेलाडिप्रति र सिंङ्गो टिमलाई दिएको प्रेरणा र स्नेहलाई जान्छ । यहाँ हामी कितारोभी सम्बन्धी महत्वपूर्ण ८ तथ्यहरुबारे चर्चा गर्दैछौं ।
१. उनको जन्म सन् १९६८ अप्रिल २९ मा क्रोएसिया, ब्रान्को ग्रावरको रिजेकामा भएको हो ।
२. उनी क्रोएसियाकै पहिलो महिला राष्ट्रपति हुन् ।
३. उनी सन् २०१५ फेब्रुअरीमा ४६ वर्षको उमेरमा पदभार सम्हाल्दै सबैभन्दा कम उमेरमा क्रोएसियाली राष्ट्रपति बन्दै इतिहास बनाएकी थिइन् ।
४. उनले जाग्रेव विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा अन्तराष्ट्रिय सम्बन्धबारे मास्टर डिग्री गरेकी छिन् ।
५.उनी रोमन क्थाथोलिक हुन् । उनले परम्परागत इसाइको मुल्य र मान्यतालाई पालन गर्छिन् ।
६. उनले सन् १९९६ मा जाकोभ कितारोभी सँग बिहे गरेकी हुन् । उनिहरुको दुई सन्तान रहेका छन् ।
७. उनलाई राजनीतिमा कैयौं वर्षको अनुभव रहेको छ । उनले सन् २०११ देखि २०१४ सम्म ‘नाटो’ मा सार्वजनिक कूटनीतिको लागि सहायक महासचिवको रुपमा पनि काम गरिसकेकी छिन् ।
८. उनले अङ्ग्रेजी, स्पेनिस, र पोर्चुगिज भाषा जानेकी छिन् । उनको मातृभाष क्रोएसिया भएसँगै उनलाई इटालियन, फ्रेन्च र जर्मन भाषाको पनि राम्रो ज्ञान रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
- 17 seconds ago

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो
- 20 minutes ago

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।
अर्जेन्टिनाको सहज जित
- 34 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।