कश्मीरमा भारतको क्रुरताः कश्मिरीहरुको दर्दनाक पिडा, कतिले आँखाको ज्योति नै गुमाए (भिडियो)

एजेन्सी । भारत प्रशासित कश्मीरमा भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको विरुद्ध शुक्रबार ‘विरोध प्रदर्शन’ भएको बताइएको छ । 

 

समाचार एजेन्सीहरूको दाबीअनुसार श्रीनगरमा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरूमाथि भारी मात्रामा अश्रुग्याँस प्रहार गरेका थिए । प्रदर्शनमा केही प्रदर्शनकारीहरू घाइते भएको बताइएको छ ।

 

रिपोर्टहरूका अनुसार जम्मू–कश्मीर घाटीमा ‘विदेशी पत्रकार र सञ्चार सेवाहरूमाथि लगाइएको प्रतिबन्ध’ जारी छ । मूलधारका भारतीय मिडियाको रिपोर्टहरूमा भने कश्मीरमा स्थिती सामान्य र शान्तिपूर्ण भइसकेको दाबी गरिएको छ ।

 

कतारी समाचार संस्था अलजजिराले भने आफूसँग शुक्रबार कश्मीरमा भएको ‘विरोध प्रदर्शन’को एक्सक्लुसिभ भिडियो भएको दाबी गरेको छ । अलजजिराका अनुसार भारत प्रशासित कश्मीरमा शुक्रबारको नमाज पछि प्रदर्शन सुरू भएको थियो । 

 

मिडिया रिपोर्टका अनुसार कतिपय युवाको आँखाको ज्योति गुमेको छ । केही स्कुल गएर आएका विद्याथीहरुलाई भारतीय सेनाले हानेको पेलेट उनीहरुको आँखाको ज्योति गुमेको हो । केही व्यापारीहरुले पसल खोल्दा उनीहरुलाई भारतीय सेनाले कुटपिट गर्दै कश्मीरीलाई विष खुवा भनेको बताएका छन् । उनीहरुले कश्मीरमा क्रुरता देखाएको आम मानिसहरुले प्रतिक्रिया दिएका छन् । 

 


थप समाचार

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

  • 3 minutes ago
सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्ण क्षमतामा शुरु हुने भएको छ ।

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 19 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 32 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।