सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् । उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारिन् । 

 

बिहानै माइत हिँडेकी उनले मान्यजनको सम्मानस्वरुप सोे पर्वका अवसरमा कोसेली लगेर जाने गरिएको प्रचलन गरेको जानकारी दिइन् । “माइत जाने अवसर पनि मिल्छ, घरमा भएका तरकारी तथा फलपूmल लगेर जाने गरिन्छ”, विक भन्छिन्, “माइत गएर मीठो खाने, भेटघाट हुने र रमाइलो गर्ने गरिन्छ ।”

 

टीकापुरकी रमा देवकोटा पनि ओल्के पर्वका अवसरमा कोसेली बोकेर मामाघर हिँडेकी छन् । उनी हरेक वर्षजसो ओल्के पर्वको अवसरमा मामाघर जानुहुन्छ । “मामाघर जान्छु, मीठो खानपान गर्ने र रमाइलो गरिन्छ”, उनले भनिन्, “ओल्के लिएर गएपछि मामाघरमा दान–दक्षिणा तथा लुगाकपडा दिने चलन छ । आफूले सकेको दिने चलन छ ।”

 

वर्षात्को समयमा बाढी, पहिराजस्ता विपद्का घटना धेरै हुन्छन् । ओल्के पर्वमा विपद्बाट ज्यान र सम्पत्ति जोगिएको भन्दै खुसीयालीस्वरुप मनाउने गरिएको पनि बताइन्छ । ओल्के पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप ‘ओल्को’ अर्थात् उपहार दिने चलन छ । उपहारमा हरियो सागपात तथा फलफूल अनिवार्य दिइन्छ ।

 

वर्षायामका वैशाखदेखि साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलने जोखिम रहन्छ । यही समयमा विभिन्न प्राकृतिक विपत्ति आउनसक्ने समय मानिन्छ । यस्तो सङ्कटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सङ्क्रान्तिमा विशु मनाउने र बाँचेको खुसीयालीमा भदौ सङ्क्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको अगुवाहरू बताउँछन् ।

 

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको संस्कृतिका जानकार तथा वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणिन्द्रराज रेग्मी बताउँछन् । “साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ । यो पर्वसँग सुदूरको परम्परा, संस्कृति र एकअर्काप्रतिको सम्मान जोडिएको छ”, उनी भन्छन्, “हरेक पर्वले मानिसलाई सभ्य र एकअर्काप्रतिको सम्मान बढाउँछ ।” पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

  • 1 hour ago
नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् ।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

  • 1 hour ago
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालील

Bring home the festive vibes this Diwali with Asda

  • 1 hour ago
Bring home the festive vibes this Diwali with Asda

London: The onset of autumn signifies the beginning of the magnificent festival of lights, Diwali. With this year’s celebrations falling on the 24th of October, Asda joins in the festivity of the triu



पर्यटन

दसैँमा किन घुम्ने कर्णाली ?

दसैँमा किन घुम्ने कर्णाली ?

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ । दसैँ यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । दसैँ बिदामा आउने कर्णालीवासी र प्रदेश बाहिरका पर्यटकको पखाइँमा छन्, यहाँका पर्यटकीयस्थल ।

जीवनशैली

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज विजया दशमी, मान्यजनको हातबाट टीका एवं जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

विचित्र विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको ट्वीट ?

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई किन मन परेन एलन मस्कको  ट्वीट ?

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले सोमबार ट्विटर प्रयोगकर्ताहरूलाई रुस र युक्रेन युद्ध अन्त्य गर्ने योजनाबारे उनीहरूको राय मागे। जसका कारण युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मात्र नभई युक्रेनका जनतालाई पनि मन परेन ।