हाइकिङ र साइक्लिङको साझा गन्तव्य : वेगनास परिक्रमा पदमार्ग
- बुधबार, ११ चैत, २०७७
- 1 year ago
- पर्यटन

कास्की । लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङ्खुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ ।
कूल १६ किलोमिटर दूरी लामो यो पदमार्ग चार घण्टा समयावधिमा पार गर्न सकिने पर्यटन व्यवसायी एवम् होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए । “यो पदमार्ग हाइकिङ एवं साइक्लिङ दुवैका लागि उपयुक्त छ”, उनले भने, “छोटो समयको पदयात्राका लागि साइक्लिङ गर्न चाहने जो कोही यस पदमार्गमा रमाउन सक्छन् ।”
पछिल्ला समयमा देशका विभिन्न ठाउँबाट पोखरा आउने पर्यटकले लेखनाथ क्षेत्रका ताल अवलोकन नगर्दासम्म आफ्नो यात्रा अपूरो ठान्ने गरेको बताउँदै थापाले माछाका परिकारको स्वाद लिनका लागि यहाँका माझी कुना, ड्यामसाइड, रुपातालको जमन कुनालगायत स्थान अधिकांशको रोजाइमा पर्ने गरेको जानकारी दिए ।
तालसहितको रमणीय दृश्य नियाल्दै पदयात्रा गर्न पाउने यो मार्गको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गर्ने बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख काशीराज भण्डारीले बताए । स्थानीय जागरुकतासँगै बोर्डले यहाँको प्रवद्र्धनका लागि सहयोग गर्ने बताउँदै उनले वातावरणीय स्वच्छतालाई दृष्टिगत गर्दै पदमार्गमा निर्माण गरिने संरचना सकेसम्म स्थानीय सामग्रीको प्रयोग गर्नुपर्ने औँल्याए ।
पदमार्गको प्रवद्र्धनलाई लक्ष गर्दै बोर्डको प्रवद्र्धन एवं होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथको आयोजनामा हालै पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले उक्त क्षेत्रको प्रवद्र्धनात्मक पदयात्रा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 1 minute ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 6 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 14 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।