साईप्रसका पूर्वराष्ट्रपति क्रिष्टोफि आजको निधन
- शनिबार, ७ आषाढ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

साईप्रसका पूर्वराष्ट्रपति डेमेट्रिस क्रिस्टोफिआजको ७२ बर्षको उमेरमा निधन भएको छ ।
उनका निजी चिकित्सकले शुक्रबार प्रकाशित गरेको विज्ञप्तिमा उहाँको निधन भएको जानकारी दिइएको छ ।
असहज महसूस भएपछि उनलाई झण्डै दुई हप्ता अगाडी अस्पताल भर्ना गरिएको ती चिकित्सकले बताएका छन् ।
उनीहरुका अनुसार पूर्वराष्ट्रपति क्रिस्टोफिआजलाई लामो समयदेखि स्वासप्रश्वास सम्वन्धी समस्या थियो ।
उनकी एक श्रीमती एल्सी, दुई छोरी र एक छोरा रहेका छन् । उनको निधनप्रति विभिन्न नेताहरुले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति निकोस अनास्तासिआडेसले शोक वक्तव्य प्रकाशित गर्दै क्रिस्टोफिआजको निधनले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।
“उहाँ र म सहयात्री थियौँ, सँगसगै राजनीति गरेका थियौँ, उहाँ जहिले पनि देशको हितका लागि काम गर्नुहुन्थ्यो,” वक्तव्यमा लेखिएको छ ।
बामपन्थी पार्टीको तर्फबाट साईप्रसमा राष्ट्रपति हुने उहाँ नै पहिलो र एक मात्र नेता भएकाले पनि थप स्मरणीय हुने समाचारमा जनाइएको छ ।
उनी सन् २००८ को फेब्रुअरीमा राष्ट्रपति चयन भएका थिए भने सन् २०१३ को फेबु्रअरीमा पदमुक्त भएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हाइटीका बालबालिकाको जीवन रक्षाको खाँचो
- 5 minutes ago

एजेन्सी । हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित
- 20 minutes ago

काठमाडौँ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर बनाइएका स्थानका तुइन
झापाबाट अवैध सामान बरामद
- 39 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।