पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

  • मंगलबार, १३ माघ, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले मंगलबार दर्ता गरेको हो ।

 

पूर्वसभामुख ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले अवहेलना मुद्दा दर्ता गरेको बताएका छन् ।

 

ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी टिप्पणी गरेका थिए ।

 

घिमिरेले पूर्वसभामुख ढुंगानासहित चार पूर्वप्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता गरेका छन् । पूर्वप्रधानन्याधीशहरू सुशीला कार्की, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको आलोचना गरेका थिए । दायर गरिएको रिटमा पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गर्दै अवहेलना गरेको दाबी गरिएको छ । 

 

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

  • 14 minutes ago
खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयास: मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताएका छन् ।

फर्निचर उद्योगमा आगलागी

  • 26 minutes ago
फर्निचर उद्योगमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

  • 42 minutes ago
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।