पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आज निधन भएको छ । 

 

महादेवा गाउँपालिका–३ बथनाहा निवासी पूर्वमन्त्री डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजय यादवले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको भतिजा अजयले बताए ।

 

यादव २०३६ साल जेठ १८ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए। 

 

प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका यादव मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा सामाजिक कार्यमा संलग्न रहेका थिए । 

 

उनको महादेवा गाउँपालिका–३ बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवको एक छोरा र एक छोरी छन् । उनको श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापाको हल्दिबारीबाट १ लाख मूल्य बराबरको पटका बरामद

  • 35 seconds ago
झापाको हल्दिबारीबाट १ लाख मूल्य बराबरको पटका बरामद

झापा । सोही एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

  • 1 minute ago
मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

काठमाडौं । हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ ।

धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

  • 9 minutes ago
धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लाग



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

मधुमेहका रोगीहरुले यस्ता खानेकुरा भुलेर पनि नखानुहोस्

काठमाडौं । हाम्रो शरीरमा हुने विभिन्न रसायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको मात्रा बढ्छ । फलस्वरूप स्वास्थ्यमा समस्या देखिन्छ, जसलाई चिनीरोग अर्थात् मधुमेह भनिन्छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।