दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै
- शनिबार, ३ जेष्ठ, २०७७
- 2 years ago
- नेपाल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए । शुक्रबार पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दाङका दुईसहित कपिलवस्तु र बाँकेका गरी १३ जनालाई उपचारका लागि गए राति अस्पतालमा ल्याइएको हो ।
दाङ गढवा—४ का ३६ वर्षीय युवक भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय युवक मुम्बईबाट आएका गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए । दुवैलाई कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेका छुट्टाछुटै क्वारेन्टिनबाट गढवा गाउँपालिकाले एम्बुलेन्सबाट सीधै क्वारेन्टिना लगेका पनि गाउँपालिकाका अध्यक्ष यादवले बताए ।
संक्रमित दुवै भारतमा मजदूरी गरेर फर्किएका हुन् । त्यस्तै तुलसीपुर—७ का ३४ वर्षीय पुरुषमा पनि शुक्रबार नै कोरोना पुष्टि भएको छ । उनी स्वास्थ्यकर्मी रहेको र काठमाडौँमा उपचार भइरहेको छ । रुपन्देही र बाँके जिल्लाका कोरोना अस्पतालमा बिरामीको चाप बढेपछि उनीहरुलाई बेलझुण्डी अस्पताल ल्याइएको थियो ।
एम्बुलेन्स चालक क्वारेन्टिनमा
घोराही– कोरोना परीक्षणमा कोरोना पुष्टि देखिएका गढवा गाउँपालिकाका दुई पुरुषलाई बोक्ने दुई एम्बुलेन्स चालकलाई पनि आजदेखि गढवा गाउँपालिकाले क्वारेन्टिनमा राखेको छ ।
पालिका अध्यक्ष सहजराम यादवका अनुसार कृष्णनगरबाट गढवा र गढवाबाट लमही अस्पतालसम्म बोकेर लैजाने दुवै एम्बुलेन्स चालकलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह
- 7 minutes ago

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी
- 18 minutes ago

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने
- 32 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।