होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

प्रतिकात्मक तस्बिर

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

 

अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

 

मासु स्वास्थ्यका लागि उपयोगी चिज नै हो । तर यसलाई धेरै सेवन गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्दछ ।

यसले स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन समस्या निम्त्याउन सक्ने चिकित्सक बताउँछन् । 

 

कस्तो समस्या देखिन्छ ?

 

मासु धेरै खाँदा तत्कालीन अवस्थामा पेटसम्बन्धी समस्या आउनसक्ने चिकित्सक बताउँछन् ।

 

उनका अनुसार मासु धेरै खाँदा देखिनसक्ने तत्कालीन समस्या यस्ता छन् स्

 

अपच भएर पेट दुख्छ ।

 

कलेजो, पित्तथैलीलाई भार बढी पर्छ ।

 

पित्तथैलीमा पथ्थरीको समस्या भएको व्यक्तिलाई अत्याधिक पेट दुख्ने हुन्छ ।

 

मुटुको धड्कन आवश्यकताभन्दा माथि पुग्छ ।

 

दीर्घकालीन असर

 

हार्टअट्याक हुनसक्छ ।

 

प्यांक्रियाज ग्रन्थीलाई असर पर्छ र प्यांक्राटाइटिस भन्ने रोग लाग्न सक्छ ।

 

क्यान्सर हुने खतरा हुन्छ ।

 

मुटुसम्बन्धी रोग लाग्न सक्छ ।

 

मिर्गौलामा समस्या आउन सक्छ ।

 

मुटुको चाल गडबडी हुने समस्या देखिन्छ ।

 

उच्च रक्तचाप र मोटोपनाको समस्या बढ्छ ।

 

दशैंमा मासु बढी खाएकै कारण उच्च रक्तचाप, कोलेस्टोर वृद्धि भई औषधिको मात्रा बढाउनुपर्ने अवस्था आउन सक्छ ।  समयमै सचेत हुन जरुरी छ । मासु धेरै खाएकै कारण अस्पतालमा आकस्मिक रूपमा धेरै बिरामी आएको चिकित्सक बताउँछन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 17 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 19 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 24 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।