दसैँमा बज्ने कालजयी दश गीत

Global IME
Mega Bank
Norvic Hospital

कटारी । दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो÷टिभीमा मङ्गल धुन बज्न थाल्दछ । त्यसरी बज्ने दसैँ गीतले झनै दसैँमा रौनकता थपिदिन्छ नेपाली गीत सङ्गीतको इतिहासमा दसैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडवाडसम्बन्धी गीत गाउने गरेका छन्, धेरै दसैँ गीत बज्ने गरे पनि दसैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ । 

 

विछोडको पिडा नसकी खप्न दसैंको बेलामा... 

 

दसैँसम्बन्धी गीत भन्ने वित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दसैँ झल्काउने आलाप बजेपछि दसैँ आइसकेको अनुभूति हुन्छ । यो गीत दसैँसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दसैँको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दसैँमा बजाउने गरेका छन् ।

 

नमुछे आमा दहीमा टीका...

 

दसैँ आउनेवित्तिकै रेडियो÷टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दसैँ गीतको चर्चित गीत बन्यो । भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।

 

दसैँ नै हो कि यो मेरो दशा फर्किआएको...

 

यो गीत पनि दसैँको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दसैँ गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ । न्यु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दसैँको परिचय जस्तै बनेको छ । 

 

यसपाली दसैँमा ठूलो दाजु आउने रे..

 

कुल पोखरेलको स्वरमा रहेको यो गीत दसैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट््युबमा राखेका छन् । कुल पोखरेललाई दसैँमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।

 

यो दसैँमा म घर आइन...

 

नेपाली लोकदोहोरी गीतमा दसैँ गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेले पनि यो गीत दसैँ गीतको दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन् ।  परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।  

 

रातो टीका दसैँको जमरा...

 

नेपाली चलचित्रमा पनि दसैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दसैँको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दसैँमा उत्तिकै बज्ने गर्दछ । 

 

दसैंँ आयो...

 

नेपाली चलचित्र मुग्लानमा रहेको दसैँं आयो गीत पनि दसैँमा अत्यधिक बज्ने गीतमा पर्दछ । पछिल्लो पुस्ताको युवामा यो गीत झनै चर्चित गीत हो । सुन्न मात्र होइन दसैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन् ।

 

वर्ष र दिनमा लै लै...

सुगम पोखरेलको स्वरमा रहेको यो गीत पनि युवा पुस्ताले औधी रुचाएको दसैँ गीत हो । रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दसैँ गीतको फरक स्वाद लिने गरेका छन् । दसैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन् । नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ ।

 

थालैभरि रातो रातो अक्षता र पाती...

 

सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित  चर्चामा छ । रिकेस गुरुङ्गले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दसैंमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरु समेटिएको गिरीको यो गीत पनि दसैं गीतमा रुचाइएको गीत हो ।  

 

पर्देशबाट फरिया ल्याइदिउँला...

 

शिव थापा मगरको स्वर, शब्द, सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दसैँ गीत हो । उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दसैँमा धेरैले सुन्न थालेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 2 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 2 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।