दशैँमा गाउँतिरको पीडा

  • आइतबार, ९ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

पर्वत । पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुगिन् । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उनी त्यसको एक दुई दिनमै गाउँ पुगिन् । तर यसपटकको दशैँमा भने उनी गाउँ गइनन् । कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैँ मनाउँदै छिन् । 

 

“चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन”, उनले भनिन्, “बजारमा सङ्क्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर पोखरामै दशैँ मनाउने निर्णय गरेको हुँ ।”

 

विगत वर्षमा दशैँ शुरु भएलगत्तै शहरबाट गाउँघर फर्किने क्रम शुरु हुन्थ्यो । शहरमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु दशैँमा गाउँ फर्किदा शहर सुनसान हुन्थ्यो । गाउँमा चहलपहल बढ्ने गर्दथ्यो । विदेशमा भएका समेत वर्ष दिनमा एक पटक घर फर्केर दशैँ मनाउने चलन थियो । गाउँघरमा घट्स्थापनादेखि नै चहलपहल हुने गरेपनि यस वर्ष भने गाउँमा दशैँको खासै रौनक छैन ।

 

कोरोना महामारीका कारण सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्डका कारण जो कोही पनि घरभित्रै सीमित भएका छन् । शहरबाट गाउँ फर्किने थोरै मात्र छन् भने गाउँमा समेत कोभिड १९ को त्रास कायम रहेकाले अत्यावश्यक बाहेक घरबाहिर निस्कने कमै छन् ।

 

चियापसल र चौतारी सुनसान छन् । दशैँलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकूद प्रतियोगितालगायत यस वर्ष आयोजना भएनन् । पिङ तथा दशैँका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ«े गाउँपालिका ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए ।

 

“सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैँमा गाउँघरमा समेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारण समेत घरभित्रै सीमित छन्”, वडाध्यक्ष लम्सालले भने, “यस पटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ ।”

 

विगतमा गाउँका टोलैपिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखी वृद्धवृद्धासम्मको चहलपहल हुन्थ्यो । पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे । यस वर्ष त्यस्तो दृश्य कतै देखिदैन । सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्र्ष दशैँमा गाउँ जानेहरु कम भएका हुन् । कोरोना सङ्क्रमणको त्रास सर्वत्र छ । गाडीमा हिँड्न समेत यात्रु डराएका छन् । कतिपय त शहरबाट जाँदा गाउँमा सङ्क्रमण फैलने डरले बजारमै बसेका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

  • 7 minutes ago
इटालीमा थप २३ हजार २२५ जनामा कोरोना संक्रमण

एजेन्सी । कुनै समय इटालीमा कोरोना भाइरसले अत्यन्त प्रभावित बनाएको थियो । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको यो भाइरस चीनपछि इटालीमा देखिएको थियो ।

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 21 minutes ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

घरसँगै साह परिवारको सपना खरानी

  • 32 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।