Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार तीन महिनायताकै उच्च विन्दुमा

शेयर बजार तीन महिनायताकै उच्च विन्दुमा


काठमाडौँ। शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ। आज आइतवार शेयर बजार परिसूचक नेप्से ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ।

आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो। फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो। आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ।

आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ। आज दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता शेयर छ अर्ब ४९ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन्। गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो।

आज सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्सुरेन्स, साम्लिङ पावर कम्पनी, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, शिवम् सिमेन्ट र एनएमबी ५० म्युचुअल फन्डको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार हरियाली भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT